आईपीएल अक्सनमा कमिन्स इतिहासकै महँगो विदेशी खेलाडी

प्याट कमिन्स इन्डियन प्रिमियर लिग ( आइपिएल ) इतिहासकै सबैभन्दा महँगोमा बिक्रि हुने भारत बाहिरको खेलाडी भएका छन्।

आइपीएलको १३ औं संस्करणको लागि सम्पन्न पहिलो सेसनको अक्सनमा अस्ट्रेलियन तिब्र गति बलर कमिन्सलाई कोलकाता नाइट राइडर्सले १५.५ करोड भारतीय रुपैयाँमा ( २४ करोड, ७७ लाख नेपाली रुपैयाँ ) खरिद गरेको हो।

आइपीएलमा यस अघि सबैभन्दा धेरै मूल्यमा बिक्ने खेलाडी इंग्ल्यान्डका बेन स्टोक्स थिए जसलाई २०१७ मा राइजिंग पुने सुपरजायन्टले लिएको थियो। स्टोक्सलाई कमिन्स भन्दा १ करोड कम १४ करोड ५० लाख भारुमा बिक्रि भएका थिए।

आइपीएल अक्सनमा सर्वाधिक मूल्य पाउने खेलाडी युभराज सिंहलाई पछि पार्न कमिन्स ५० लाख भारुले चुके। युभराजलाई सन् २०१५ को अक्सनमा दिल्लीले १६ करोड खर्चेको थियो।

को हुन् कमिन्स 

दायाँ हाते तिब्र गति बलर कमिन्स ले अस्ट्रेलियाको लागि २०११ अक्टोबरमा दक्षिण अफ्रीकासंग टि-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। हालसम्म उनले अस्ट्रेलियाको लागि २८ टेस्ट, ५८ एकदिवसीय र २५ टि -२० अन्तर्राष्ट्रिय खेलेका छन्।

कमिन्स हाल टेस्टमा विश्वकै नम्बर-१ बलर हुन्। उनि टि-२० अन्तर्राष्ट्रिय वरियतामा भने २३ औं नम्बरमा रहेका छन्।

यस अघि पनि आइपिएलमा कोलकाताबाट खेलीसकेका कमिन्सले २०१४ र २०१५ को सिजनमा मात्र ४ खेल खेलेका थिए। २०१७ मा उनि दिल्लीको लागि खेलेका थिए जुन उनको अन्तिम आइपीएल थियो।

कुल १६ आइपीएल खेल खेल्दा कमिन्सले १७ विकेट लिएका छन् जसमा उनले ८.२९ प्रतिओभर रन खर्चेका छन्।

टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २६ वर्षीय कमिन्सको इकोनोमि मात्र ६.७८ रहेको छ। २५ टि-२० अन्तर्राष्ट्रियमा कमिन्सले कुल ३२ विकेट लिएका छन्। टेस्ट क्रिकेटमा उनले २८ खेलमा १३४ विकेट र एकदिवसीयमा ५८ खेलमा ९६ विकेट लिएका छन्।

आइपीएल अक्सनमा महँगोमा बिक्रि हुने खेलाडीहरु 

ग्लेन म्याक्सवेल ( १०.७५ भारु ), शेलडन कटरेल ( ८.५० करोड भारु ) , शिमरन हेटमायर ( ७.७५ करोड ),  पियुश चावला ( ६.७५ करोड भारु ) ,  ओएन मोर्गन ( ५.२५ करोड भारु ) , क्रिस मोरिस ( १० करोड भारु ) , नाथन कौलटर नाइल ( ८ करोड भारु ) , भरुण चक्रभर्थी ( ४ करोड भारु ) , रोबिन उथप्पा ( ३ करोड भारु ) यशस्वी जैसवाल ( २.४ करोड भारु ) , मिचेल मार्श ( २ करोड  भारु) , जोश हेजलवुड ( २ करोड भारु ), रभी बिश्नोइ ( २ करोड भारु )





थप समाचार

अन्तर नगरपालिका छात्र यु-१६ क्रिकेट प्रतियोगिता काकरभिट्टामा सुरु हुँदै

मेचीनगर नगरपालिका, झापाको आयोजनामा यही असार ५ गतेदेखि ९ गतेसम्म काकरभिट्टा खेल मैदानमा अन्तर नगरपालिका छात्र क्रिकेट प्रतियोगिता हुने भएको […]

नेपालको संघर्षपूर्ण जित

काठमाडौँ । नेपालले घरेलु टोली स्कटल्यान्डविरुद्ध २ विकेटको संघर्षपूर्ण जित हासिल गरेको छ। त्रिकोणात्मक टी-२० सिरिजमा स्कटल्यान्डले दिएको ९८ रनको […]

पाँचपोखरी र मेलम्ची संयुक्तरुपमा विजेता

काठमाडौं । पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका संयुक्तरुपमा सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको च्याम्पियन बनेका छन् । कीर्तिपुरस्थित त्रिवि […]

पाँचपोखरी टी-२० : उपाधिका लागि पाँचपोखरी र मेलम्ची भिड्ने

काठमाडौं। पाँचपोखरी क्रिकेट क्लब र मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । कीर्तिपुरस्थित […]

धनगढी क्रिकेट एकेडेमीमा क्रिकेट, प्रेरणा र संवाद: डिसिएमा अभिभावक भेटघाट कार्यक्रम सम्पन्न

धनगढी। धनगढी क्रिकेट एकेडेमी (डिसिए) मा शनिबार एक विशेष अभिभावक भेटघाट कार्यक्रम सम्पन्न भएको छ। एकेडेमीमा प्रशिक्षणरत खेलाडीहरूका अभिभावक, प्रशिक्षकहरू […]

पाँचपोखरी टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

काठमाडौं। सिन्धुपाल्चोक जिल्लास्तरिय पाँचपोखरी ट्वान्टी-२० प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतिायेगितामा समूह ‘ए’ […]