आईपीएल आयोजना आफ्नो देशमा गर्न पुनः बिसीसीआईलाई युएईको प्रस्ताव, आईसीसी बैठकको पर्खाइ

ईन्डियन प्रिमियर लिग ( आईपीएल ) को १३ औं सिजन हुने नहुनेलाई लिएर अनिश्चय कायमै छ। यसै बीच संयुक्त अरब इमिरेट्स ( युएई ) ले भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) लाई आईपीएलको आयोजना युएईमा गर्न पुनः प्रस्ताव गरेको छ। यस अघि श्रीलंकन क्रिकेट बोर्डले पनि आयोजनाको प्रस्ताब गरेको थियो।

आईपीएल २९ मार्च देखि सुरु हुने निर्धारित तालिका थियो तर कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण प्रतियोगिता अनिश्चितकालीन समयको लागि सरेको छ। आईपीएल आयोजना नहुँदा ४ हजार करोड नोक्सान हुने आंकलन गरेको बिसीसीआईले प्रतियोगिता गर्न लगातार बिभिन्न उपायहरुबारे बहस गरिरहेको छ।

भारतमै गर्ने बहुमत 

श्रोतका अनुसार बिसीसीआई अधिकारीहरु भारतमा प्रतियोगिता गर्ने पक्षमा ३-२ को मतमा बाँडिएका छन्। बहुमत अझै भारतमा प्रतियोगिता गर्नुपर्छ भन्नेमा रहेको छ। भारत बाहिर आईपीएल गर्न अन्तिम बिकल्पको रुपमा मात्र सोच्नु पर्ने उनीहरुको भनाइ छ। आईपीएलको सन् २००९ र २०१४ को सिजन क्रमशः दक्षिण अफ्रीका र युएईमा आयोजना गरिएको थियो।

आईसीसी बैठकको पर्खाइ 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको १० जुनमा हुने बैठक पछि आईपीएलबारे ठोस निर्णय आउने अपेक्षा गरिएको छ। अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपलाई लिएर आईसीसीले आगामी बैठक पछि फैसला गर्ने बताईएको छ। यदी टि-२० विश्वकप स्थगित बह्येको खण्डमा अक्टोबर-नोभेम्बरको खालि समयमा आईपीएल गर्न सकिनेछ।

युएईमा स्तरीय सुविधा छ 

युएई क्रिकेट बोर्डका महासचिव मुबाशशिर उस्मानीले एक स्थानीय पत्रिकासंग कुराकानीमा युएईले अघिल्लो पटक २०१४ मा पनि आईपीएलको सफल आयोजना गरेको र पुनः गर्न पनि उत्कृस्ट स्थल हुने बताएका छन्। बिसीसीआईलाई आयोजनाको प्रस्ताब गरेको स्वीकार्दै उनले आईपीएल फेरी गर्न स्तरीय मैदान र सुविधा भएको बताएका हुन्।

युएईले भारत बाहेक इंग्ल्याण्ड क्रिकेट बोर्डलाई पनि इंग्ल्यान्डको बाँकी क्रिकेट सिजन गर्न प्रस्ताव गरेको उस्मानीले बताएका छन्।

“हामीले इंग्ल्यान्डलाई पनि अफर दिएका छौँ। पहिले पनि यस्तो मौकामा धेरै प्रतियोगिता गराएका छौँ जसमा इंग्ल्याण्ड टिमले पनि खेलेको थियो। यदी यो प्रस्ताव दुवै मध्ये कुनै पनि बोर्डले स्वीकार गर्नेछ भने हामी निकै खुसि हुने छौँ।”





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]