अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले अस्ट्रेलियामा अक्टोबर/नोभेम्बरमा आयोजना हुने टि-२० विश्वकपको भविष्यको फैसला जुन १० सम्म कुर्न पर्ने भएको छ।
टि-२० विश्वकप अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुने पूर्वनिर्धारित तालिका रहेको छ। तर कोरोना महामारीको कारण प्रतियोगिता आयोजना माथि प्रश्नचिन्ह रहेको छ।
आईसीसीको बिहिबार सम्पन्न भिडियो कन्फरेन्स बैठकमा टि-२० विश्वकपको भविष्य बारे छलफल भएको थियो। बैठकमा प्रस्तुत गरिएको सबै एजेन्डालाई जुन १० सम्मको लागि रोकेको हो।
आईसीसीले बोर्ड बैठक पछि प्रेसरिलिजमा बताएको छ “बोर्ड आईसीसी प्रबन्धनलाई आग्रह गर्छ कि , कोभिड-१९ महामारीको कारण लगातार बदलिरहेको जान स्वास्थ्यको स्थितिलाई मध्यनजर राखेर बिभिन्न आपतकालीन विकल्पलाई लिएर चर्चा जारि राखियोस्।”
यस्तो मानिएको छ कि आईसीसी बोर्डले विश्वकपलाई लिएर सबै बिकल्प माथि चर्चा गरेको थियो जसमा टि-२० विश्वकप आयोजना पूर्वनिर्धारित तालिका अनुसार हुने वा २०२२ सम्म स्थगित गरिने बिकल्पमा सर्वसम्मति बन्न सकेन।
अस्ट्रेलियाले विश्वकप अघि सिरिज खेल्न सके, विश्वकप किन नहुने ?
क्रिकेट अस्ट्रेलियाले बिहिबार आफ्नो अन्तर्राष्ट्रिय क्यालेन्डर सार्वजनिक गरेको थियो जसमा अक्टोबरमा टि-२० समेत सामेल छ। यस्तो मा प्रश्न उठेको छ कि टि-२० विश्वकप आयोजना किन हुन सक्दैन।
यदी अस्ट्रेलियाको कार्यक्रम हेर्ने हो भने टि-२० विश्वकप सुरुवात हुनु अगाडीनै अक्टोबरमा भारतसंग टि-२० सिरिज खेल्नेछ। यदी अक्टोबरको मध्येमा टि-२० खेल हुनेछ भने टि-२० विश्वकप आयोजना किन सुरक्षित छैन भन्ने प्रश्न पनि उठेको छ।
टि-२० विश्वकप निर्धारित समयमा आयोजना भएको खण्डमा इन्डियन प्रिमियर लिग ( आईपीएल ) आयोजना गर्न बिसीसीआईलाई समय उपलब्ध हुने छैन। आईपीएल आयोजना नभए भारतीय बोर्डलाई ४ हजार करोडको नोक्सान हुनसक्छ जुन बोर्डलाई ठुलो झट्का हुनेछ। आईसीसी तथा आईपीएलको प्रशारण अधिकार लिएको स्टारस्पोर्ट्सको लागि समेत प्रतियोगिताको तालिकाको बदलावले ठुलो असर गर्न सक्छ जसको समेत ध्यान राख्नुपर्नेछ।
बैठकको दौरान अधिकांश चर्चा सूचनाको गोपनीयतामा भएको थियो जसमा अन्तरिक इमेल लिक हुने कुरा पनि थियो । अध्यक्ष शशांक मनोहर र बोर्ड सदस्यहरुले यो विषयमा चर्चा गरेका थिए।