आफ्नो खर्चमा प्लेन चार्टर्ड गरेर वेस्टइन्डिज टिम ल्याउने इंग्ल्याण्डको योजना, यसरी हुनेछ खेल

इंग्ल्याण्ड राष्ट्रिय टिमले वेस्टइन्डिजसंग तिन वटा टेस्टको सिरिज ८ जुलाईबाट खेल्ने लगभग तय भएको छ। वेस्टइन्डिजले इंग्ल्याण्डको प्रस्ताबलाई मान्ने पक्का भएको छ।

सिरिजको लागि वेस्टइन्डिजले तयारी सुरु गरिसकेको छ भने इंग्ल्याण्डले पनि छिट्टै सुरु गर्नेछ। व्यक्तिगत रुपमा भने बोर्डको निर्देशन अनुसार इंग्ल्याण्ड खेलाडीहरुले अभ्यास गरिरहेका छन् भने छिट्टै जैव सुरक्षित योजनामा अभ्यास सुरु गर्नेछन्।

“हामि अन्तिम चरणमा छौँ। दुवै बोर्ड निर्देशक बीच छलफल भएको छ जसमा हामीलाई मेडिकल प्रतिनिधिहरुद्वारा खेल्नु सुरक्षित रहेको जानकारी आएको छ।” क्रिकेट वेस्ट इन्डिजका सईओ जोनु ग्रेभले बताएका छन्।

यस्तो छ खेल योजना

योजना अनुसार इंग्ल्याण्ड क्रिकेट बोर्डको खर्चमा वेस्ट इन्डिज टिम चार्टर्ड प्लेनमा इंग्ल्याण्ड पुग्नेछ। इंग्ल्याण्ड पुगेपछि वेस्टइन्डिज टिम १४ दिन ओल्ड ट्राफर्ड हिल्टन होटलमा क्वारेन्टाइनमा बस्नेछ।

दुइ देश बीच सिरिजको पहिलो टेस्ट जुलाई ८ मा ह्याम्प्सायर एजेस बल मैदानमा दर्शक बिना खेलिनेछ। सिरिजको दौरान मैदानलाई कोरोना भाइरसबाट सुरक्षित राख्न नियमित टेस्ट गरिनेछ। मैदानलाई खेलाडी, अफिसियल , ग्राउन्ड स्टाफ र मिडिया क्षेत्रमा बाँडिनेछ। छुट्टा छुट्टै क्षेत्रमा जान बन्देज लगाइनेछ।

खेलको दौरान खेलाडीहरुको नियमित कोरोना जांच गरिनेछ र लक्षणहरुको जांच दैनिक गरिनेछ। सिरिज दौरान आफ्नो स्टाफहरु १,५०० देखि घटाएर ३०० मात्र राख्नेछ।

सिरिजको लागी इंग्ल्याण्ड सरकारको अनुमति आवस्यक रहेको छ जुन पाउन मुस्किल नहुने ग्रेभले विश्वास गरेका छन्। आवस्यकता अनुसार बोर्ड इंग्ल्याण्ड सरकारसंग छलफलको लागि समेत तयार छ।

ग्रेभका अनुसार वेस्ट इन्डिज खेलाडीहरु सर्तहरुको पालना गर्दै इंग्ल्याण्ड जान तयार रहेका छन्। उनले खेलाडीहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिएको समेत स्पस्ट पारेका छन्।

वेस्टइन्डिज टुर पछि पाकिस्तानले पनि इंग्ल्याण्ड टुर गर्ने बताईएको छ। खेलाडीहरुलाई माथि उल्लेखित तरिकाले सुरक्षित बनाएर सिरिज गरिनेछ। अगस्टमा पाकिस्तानले टेस्ट तथा टि-२० सिरिज पनि खेल्ने बताईएको छ। इंग्ल्याण्ड पुगेपछि टिमनै क्वारेन्टाइनमा बस्नुपर्नेछ।

इंग्ल्याण्ड क्रिकेट बोर्डको खर्चको हिसाबले भने योजना महँगो हुनेछ। खेलाडीलाई चार्टर्ड गरेर ल्याउने तथा जैव सुरक्षित योजनाको लागि निकै बजेट खर्च हुनेछ।

यो सिजन क्रिकेट भए क्रिकेट बोर्डलाई ३८० मिलीयन युरोको घाँटा लाग्ने छ त्यसैले पनि क्रिकेट गराउन बोर्ड प्रतिबद्ध छ।

इंग्ल्याण्ड घरेलु क्रिकेट सिजन फेरी सर्यो 

इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आफ्नो घरेलु क्रिकेट सिजन रोक्ने निर्णय अगस्ट १ सम्म सार्ने भएको छ।

१२ अप्रिल देखि सुरु हुनु पर्ने सिजन कोरोना महामारीका कारण २८ मे को लागि पहिलो पटक तथा जुलाई १ सम्मको लागि दोश्रो पटक सारिएको थियो।

घरेलु क्रिकेट सिजन सर्ने भए पछि १० राउण्डमा हुने काउन्टी च्याम्पियनसिप अवधि कम हुनेछ। जुलाईमा हुने भनिएको इंग्ल्याण्डको महत्वकांक्षी प्रतियोगिता ‘द हन्ड्रेड’ समेत अप्रिल २०२१ सम्मको लागि सारिएको छ।

( स्काईस्पोर्ट्सको सहयोगमा )





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]