आयो साग क्रिकेटको खेल तालिका, नेपालको पहिलो खेल श्रीलंकासंग ( सम्पूर्ण जानकारी )

डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद ( साग ) को क्रिकेटतर्फको खेल तालिका सार्वजनिक भएको छ।

साग अन्तर्गत पुरुष विधा तर्फको क्रिकेट टियु मैदान किर्तिपुरमा आयोजना हुनेछ भने महिला तर्फको क्रिकेटको आयोजना पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आयोजना हुनेछ।

पुरुष र महिला दुवै विधातर्फ क्रिकेटमा भारत र पाकिस्तान सहभागी छैनन्। नेपाल सहित ५ राष्ट्र बंगलादेश, भुटान माल्दिभ्स र श्रीलंकाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। बंगलादेश र श्रीलंकाले आफ्नो अन्डर-२३ टिम सहभागी गराउदैछ।

पुरुष क्रिकेटको खेलतालिका , पहिलो खेल श्रीलंकासंग 

प्रतियोगितामा सहभागी सबै देशले एकअर्का बिरुद्ध खेल्ने भएका छन्। सबैले एकअर्का बिरुद्ध खेलीसकेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिमले स्वर्णपदकको लागि खेल्नेछन्। यस्तै अंकतालिकामा तेश्रो र चौथो स्थानमा रहने टिमले कास्य पदकको लागि खेल्नेछन्।

नेपालले आफ्नो पहिलो खेल श्रीलंका अन्डर-२३ संग डिसेम्बर ३ ( मङ्सिर १७ ) ,  दोश्रो खेल भुटानसंग डिसेम्बर ५ ( मङ्सिर १९ ) मा खेल्नेछ, तेश्रो खेल माल्दिभ्ससंग डिसेम्बर ६ ( मङ्सिर २० ) मा तथा चौथो खेल बंगलादेश यु-२३ संग डिसेम्बर ७ ( मङ्सिर २१ ) मा खेल्ने तालिका रहेको छ। श्रीलंकासंगको खेल ११ बजे, भुटानसंग ९ बजे, माल्दिभ्ससंग १ बजे तथा बंगलादेशसंग ११ बजे सुरु हुनेछ। कास्य पदकको लागि र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

डिसेम्बर ९ ( मङ्सिर २३ ) मा कास्य पदकको लागि अंकतालिकामा तेश्रो र चौथो हुने टिमबीच खेल हुनेछ भने स्वर्ण पदकको लागि फाइनल खेल डिसेम्बर १० ( मङ्सिर २४ ) मा खेलिनेछ।

सागको लागि नेपाली पुरुष टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि , पारस खड्का, करन केसी, सोमपाल कामि, सन्दिप लामिछाने, बिनोद भण्डारी, अविनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा, आरिफ शेख, पवन सर्राफ, ललित राजबंशी, रासिद खान

महिला क्रिकेटको खेलतालिका

महिला क्रिकेटतर्फ भारत, पाकिस्तान र भुटानले समेत सहभागिता नजनाउने हुँदा नेपाल सहित बंगलादेश, माल्दिभ्स र श्रीलंका गरि ४ टिम सहभागी हुनेछन्। महिलातर्फ सबै टिमले आफ्नो सिनियर टिम सहभागी गराउने छन्। सबै खेलहरु पोखरा रंगाशालामा खेलिनेछ।

नेपाली महिला टिमले पहिलो खेल माल्दिभ्ससंग डिसेम्बर २ ( मङ्सिर १६ ) मा खेल्नेछ , दोश्रो खेल बंगलादेशसंग डिसेम्बर ४ ( मङ्सिर १८ ) मा , तेश्रो खेल श्रीलंकासंग डिसेम्बर ६ ( मङ्सिर १९ ) मा खेल्नेछ। माल्दिभ्ससंगको खेल ११ बजे, बंगलादेससंग ९ बजे तथा श्रीलंकासंगको खेल ११ बजे सुरु हुनेछ। कास्य पदक र स्वर्ण पदकको लागि खेल ११ बजे सुरु हुनेछ।

सबै टिमले एकअर्कासंग खेलीसकेपछि अंकतालिकामा पहिलो र दोश्रो हुने टिम स्वर्ण पदकको लागि डिसेम्बर ८ ( मङ्सिर २२ ) मा खेल्नेछ। यस्तै तेश्रो र चौथो हुने टिम बीच कास्य पदकको लागि डिसेम्बर ७ ( मङ्सिर २१ ) मा खेल हुनेछ।

सागको लागि नेपाली महिला टिम :- रुबिना क्षेत्री ( कप्तान ) , सिता राना मगर ( उपकप्तान ) , इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी,सोनु खड्का, ममता चौधरी, सरिता मगर, अप्सरी बेगम, सरस्वति चौधरी, अन्जली चन्द, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर

Nishan Kharel

A proud dreamer "Future belongs to those who believe in the beauty of their dreams" MA Eco and CA Final student.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy