आर्मी एमएम कपको फाइनलमा

प्रदेश नम्बर ३ लाई ६४ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

बुधबार सम्पन्न सेमीफाइनलमा आर्मीले दिएको २ सय १७ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर ३ ले ३८.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो। स्कोरकार्ड 

लक्ष्य पछ्याउने क्रममा प्रदेश-३ ले निकै कमजोर सुरुवात गरेको थियो जुन क्रममा पहिलो ७ विकेट ७३ रन जोड्दा १९.१ ओभरमै गुमाउन पुगेको थियो। ओपनर रित गौतम खाता नखोली नखोली आउट भए भने कप्तान सुबास खकुरेल १५, इशान पाण्डे १७, जितेन्द्र सिंह ठकुरी २ , अभिषेक बस्नेत ५ तथा आदील खान ६ रन बनाएर आउट भए।

Sushan Bhari

आठौँ विकेटको लागि सोनु तामांग र रामनरेश गिरिले ४८ रनको साझेदारी गरे। गिरि ४ रन बनाएर आउट भएपछि सोनु तामांगले नन्दन यादब र गौतम केसीसंग साझेदारी गर्दै जितको आशा दिलाए। यस क्रममा सोनुले आफ्नो अर्धशतक पनि पुरा गरे।

७४ रन बनाएका सोनु ३८ औं ओभरमा कुशल मल्लबाट क्याच आउट भए जस अघि उनले ७५ बलमा ६ छक्का र ४ चौका प्रहार गरे।

Sonu Tamang

प्रदेश ३ को बलिंगमा देब्रे हाते स्पिनर सुशन भारिले सर्वाधिक ३ विकेट लिए। भारिले ८.१ ओभरमा ३ मेडन ओभर गर्दै २३ रन खर्चिए। अर्का देब्रे हाते स्पिनर शाहब आलमले २ विकेट तथा बिक्रम सोब, हरि बहादुर चौहान , हरि कृष्ण झा र कुशल मल्लले समान १ विकेट लिए।

Anil Mandal

यस अघि टस जितेर ब्याटिंग रोजेको आर्मीले निर्धारित ४७ ओभरमा सबै विकेट गुमाएर २१६ रन बनाएको छ। ढिला सुरु भएका कारण खेल ४७ ओभरमा झारिएको थियो।

आर्मीको लागि ओपनिंग ब्याट्सम्यान अनिल मण्डलले सर्वाधिक ४३ रन बनाए जुन क्रममा ७३ बलमा ३ चौका प्रहार गरे। यस्तै कुशल मल्लले २६ बलमा ४ चौका र २ छक्का मदतले ३७ रन बनाए। रोहित पौडेलले २९, बिक्रम सोबले २४, राजेश पुलामीले १७ तथा भिम शार्कीले १५ रन बनाए।

Gautam KC

प्रदेश-३ को बलिंगमा तिब्र गति बलर गौतम केसीले ४ विकेट लिए जुन क्रममा ७.३ ओभर बलिंग गदै २२ रन खर्चिए। तिलक राज भण्डारी, नन्दन यादब र इशान पाण्डेले समान २ विकेट लिए।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]