इंग्ल्याण्ड जान मानेनन् ३ वेस्टइन्डिज क्रिकेटर, टेस्ट सिरिजको लागि टिम घोषणा

जुलाई ८ तारिक देखि इंग्ल्यान्ड बिरुद्ध हुने तिन टेस्ट म्याचको सिरिजको लागि वेस्ट इन्डिजले १४ सदस्यीय टिमको घोषणा गरेको छ।

जेसन होल्डर कप्तानीको टिममा छनौटकर्ताको प्रयासका बाबजुद तिन ठुला खेलाडी भने समाबेस हुन मानेनन् जसकारण नयाँ नामले टिममा मौका पाएका छन्। वेस्ट इन्डिज क्रिकेट बोर्डले नाम घोषणा गर्नु अघिनै भ्रमणमा जान नचाहने खेलाडीहरुलाई नाम फिर्ता लिन भनेको थियो। सोहि अनुरुप स्टार खेलाडीहरु डेरेन ब्राभो, किमो पल र शिमरन हेटमायरले इंग्ल्याण्ड जान नमानेका हुन्।

कप्तान होल्डर सहित टिममा क्रेग ब्राथवेट, रोस्टन चेज, शाई होप, केमार रोच जस्ता ठुला खेलाडीहरु भने भ्रमणमा रहनेछन्। बुधबार बोर्डले खेलाडीहरुको नाम घोषणा गरेको हो। वेस्टइन्डिजको लागि डेब्यु नगरेका एनक्रुमा बोनर र चेमार होल्डरले टिममा मौका पाएका छन्।

वेस्टइन्डिज टिम :- जेसन होल्डर ( कप्तान ) ,  जेरमाइन ब्ल्याकउड, एनक्रुमा बोनर , क्रेग ब्राथवेट, शामराह ब्रुक्स, जोन क्याम्पवेल, रोस्टन चेज, रखिम कर्नवाल, शेन डोरिच, चेमार होल्डर, शाई होप, अल्जारी जोसेफ, रेमन रेफर, केमार रोच


भ्रमणमा नजाने खेलाडीहरुबारे वेस्टइन्डिज बोर्डले प्रतिक्रिया दिंदै उनीहरुको व्यक्तिगत निर्णयको सम्मान गर्ने र भविष्यमा टिममा छनौट गर्न वाधा नगर्ने बताएको छ।

कोरोना महामारीको संकट पछि वेस्टइन्डिज बोर्डले खेलाडीहरुको तलब ५० प्रतिशत कट्टा गर्ने निर्णय गरेको थियो। त्यसका बाबजुद इंग्ल्यान्ड भ्रमणमा खेलाडीहरुको म्याच फि भने बढाएर ६,४०० पाउण्ड पुर्याइएको छ।

एजेस बल मैदानमा ८ जुलाईबाट सुरु हुने टेस्ट सिरिजको दोश्रो टेस्ट १६ र तेश्रो टेस्ट २४ जुलाईमा ओल्ड ट्राफोर्ड मैदानमा खेलिनेछ। खेलहरु दर्शक बिना खेलिनेछ। सिरिजको लागि वेस्टइन्डिज टिम ९ जुनमा ओल्ड ट्राफोर्ड पुग्नेछ र १४ दिन क्वारेन्टाइनमा बस्ने र अभ्यास समेत गर्नेछ।

चार्टर फ्लाइटमा वेस्टइन्डिज इंग्ल्यान्ड पुग्ने 

इंग्ल्याण्ड क्रिकेट बोर्डको खर्चमा वेस्ट इन्डिज टिम चार्टर्ड प्लेनमा इंग्ल्याण्ड पुग्नेछ। सिरिज पुर्व र दौरान टिमहरुले बिभिन्न सरकारी आचारसंहिताको भने पालना गर्नुपर्नेछ जस्तै इंग्ल्यान्ड पुगेपछि वेस्टइन्डिज टिम १४ दिन क्वारेन्टाइनमा बस्नुपर्नेछ। यसै साता वेस्टइन्डिज खेलाडीहरुको कोरोना परिक्षण गरिनेछ। तिन वटै टेस्ट जैव सुरक्षित आयोजना स्थलमा दर्शक विना खेलिनेछ जहाँ मैदानको नजिकै खेलाडी बस्ने होटल पनि रहेको छ।





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]