इन्टर फर्म क्रिकेट : फाइनल समिकरण पूरा

काठमाडौं । ललितपुरमा जारि एघारौं संस्करणको ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठन’ इन्टर फर्म क्रिकेट प्रतियोगिता’ को फाइनल समिकरण पूरा भएको छ ।

पुल्चोक इन्जिनियरिङ मैदानमा जारि प्रतियोगिता अन्तर्गत समूह चरणको खेल सकिए लगत्तै प्रतियोगिताको उपाधीका लागि भिड्ने दुई टोलीको निर्धारण भएको हो ।

प्रतियोगितामा २१ टोलीको सहभागीता रहेको थियो । सहभागी २१ टिमलाई सात समूहमा विभाजन गरिएको थियो । हरेक समूहका शीर्ष टोली र समूह जी को उपविजेता टोलीले अन्तिम आठमा स्थान बनाएको हो ।

आज भएको पहिलो सेमिफाइनल खेलमा एपीए एभेन्जर्सलाई १ विकेटले पराजित गर्दै शंकर अर्यालले फाइनलमा स्थान बनाएको छ । एपीएले दिएको ६२ रनको लक्ष्य ११ दशमलब ३ ओभरमा पूरा गर्दै शंकरले फाइनलमा स्थान बनाएको हो ।

आज नै भएको दोस्रो सेमिफाइनल खेलमा केजे एसोसिएट्सलाई ३५ रन पराजित गर्दै एचबीएले फाइनल यात्रा तय गरेको छ । एचबीएले दिएको १ सय ७० रनको लक्ष्य पछ्याएको केजेले निधारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन मात्र बनाउन सक्यो ।

शंकर र एचबीएबीच बिहीबार फाइनल खेल हुदैछ । नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आयोजना गरेको प्रतियोगिता ९ दिन सम्म चल्नेछ। प्रतियोगितामा कुल २१ टिमको सहभागिता रहेको छ जसलाई ७ समुहमा बिभाजन गरिएको छ।

बिक्रम संवत् २०६० मा स्थापना भएको नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संगठनले आफ्ना बिभिन्न कार्यक्रम अन्तर्गत नियमित क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ।

 





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]