इपिएल ‘ट्रेड एण्ड ट्रान्सफर’ : दिपेन्द्र र सुबास काठमाडौँमा, सोमपाल चितवनमा, शक्तिको स्थानमा लोकेश

मार्च १४ तारिक ( चैत्र १ ) देखि काठमाडौँमा सुरु हुने एभरेस्ट प्रिमियर लिगको खेलाडी ‘ट्रेड र रिप्लेसमेन्ट’ सम्पन्न भएको छ। इपिएल आयोजकले दिएको जनवरी २ देखि ९ को मिति भित्र ‘ए’ श्रेणीका खेलाडीहरुलाई ‘ट्रेड’ गर्न खुला गरेको थियो।

इपिएलले सुरु गरेको नयाँ नियम अनुसार यो पटक काठमाडौँ किंग्स-११ टिमले आफ्नो मार्की खेलाडी समेत रहेका सोमपाल कामि चितवन टाइगर्सलाई ‘ट्रेड’ गर्दै चितवन टाइगर्सका मार्की खेलाडी दिपेन्द्र सिंह ऐरीलाई टिममा भित्र्याएको छ। अब सोमपाल चितवन टाइगर्समा तथा दिपेन्द्र काठमाडौँ किंग्स-११ बाट खेल्नेछन्।

दुवै टिमले सोमपाल र दिपेन्द्रको ‘ट्रेड’ गरेको मूल्य गोप्य राखेको छ। ट्रेडको लागि निम्नतम दुइ लाख रुपैयाँ मूल्य राखीएको थियो।

यस्तै खेलाडीहरु रिप्लेसमेन्टको नियम अनुसार यो पटक काठमाडौँ किंग्स-११ ले हाल क्यानडामा रहेका आफ्नो ब्याट्सम्यान नरेश बुढायरको सट्टा सुबास खकुरेललाई टिममा लिएको छ। यस्तै हाल जापानमा रहेका देब्रे हाते स्पिनर सुशील कंडेलको सट्टा अन्डर-१९ राष्ट्रिय क्रिकेटर तिब्र गति बलर आकाश चन्दलाई टिममा भित्र्याएको छ।

यस्तै पोखरा राइनोजले गत सिजन इपिएलमा सन्यास लिएका शक्ति गौचनको सट्टा युवा क्रिकेटर लोकेश बमलाई टिममा लिएको छ। बमले भर्खरै सम्पन्न पोखरा प्रिमियर लिगमा राम्रो ब्याटिंग प्रदर्शन गरेका थिए।

इपिएलमा ललितपुर पेट्रिएट्स, चितवन टाईगर्स, काठमाडौँ किंग्स-११, बिराटनगर वारियर्स, भैरहवा ग्ल्याडीएटर्स र पोखरा राइनोज गरि ६ वटा टिम रहेका छन्। गत सिजन ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले प्रतियोगिताको उपाधि जितेको थियो।





थप समाचार

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]

केपी ओली कप : सन्दिप कप्तानीको बागमती सेमीफाइनलमा, गण्डकीसंग एपीएफ स्तब्ध

कर्णाली प्रदेशलाई हराउँदै बागमती प्रदेश केपी ओली कप टी-ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित […]

केपी ओली कपमा बागमतीको विजयी सुरुवात

सन्दिप लामिछाने कप्तानीको बागमती प्रदेशले पोखरामा सञ्चालित केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताका विजयी सुरुवात गरेको छ । पोखरा रङ्गशालामा […]

मङ्सिर ७ गते देखि केपी ओली कप टी–२०

पोखरामा बिहीबारदेखि सुरु हुने प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मङ्सिर ७ देखि […]