इमर्जिङ्ग एसिया कप : भारतलाई ३ रनले पराजित गर्दै पाकिस्तान फाइनलमा

रोमान्चक खेलमा भारतलाई ३ रनले पराजित गर्दै पाकिस्तान बंगलादेशमा जारि एसीसी इमर्जिङ्ग टिम्स एसिया कपको फाइनलमा प्रवेश गरेको छ।

शेरे बाङ्ग्ला स्टेडियम ढाकामा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै पाकिस्तानले दिएको २६८ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ५० ओभरमा ८ विकेट गुमाएर २६४ रन बनाउन सकेपछि झिनो अन्तरको हार बेहोर्यो।

लक्ष्य पछ्याउने क्रममा भारतलाई अन्तिम ओभरमा जितको लागि ८ रन आवस्यक रहेको थियो। तिब्र गति बलर अमाद बटले ओभरमा मात्र ४ रन मात्रै दिएपछि पाकिस्तानले खेल जित्यो। अन्तिम ओभरको पहिलो बलमा १ रन दिएका बटले दोश्रो बलमा विकेट लिए। त्यसपछि तेश्रो बलमा रन नदिएका उनले चौथो , पाँचौ र छैठौं बलमा पनि १/१ रन मात्र खर्चिए।

लक्ष्य पछ्याउने क्रममा एक समय भारत २११/३ को अवस्थामा रहेको थियो। अन्तिम १२ ओभरमा जितको लागि मात्र ५७ रन आवस्यक रहेको थियो जुन भारतले बनाउन सकेन।

भारतको लागि संभिरसिंह ले सर्वाधिक ७६, बिसराथले ४७ तथा अरमान जाफरले ४६ रन बनाएका थिए। पाकिस्तानको बलिङ्गमा मोहम्मद हसनैन र सैफ बदरले समान २/२ विकेट तथा अमाद बट र उमर खानले १/१ विकेट लिए।

यस अघि पाकिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २६७ रन बनाएको थियो। उसको लागि ओमर युसुफले सर्वाधिक ६६, सैफ बदरले अविजित ४७ तथा हैदर अलिले ४३ रन बनाएका थिए। भारतको बलिङ्गमा शिभम माभी, सौरभ दुबे र ऋतिक शोकिनले समान २/२ विकेट लिएका थिए।

Man of the Match: Saif Badar (Pakistan)

प्रतियोगिता अन्तर्गत पाकिस्तानले अब फाइनलमा बिहिबार खेलिने बंगालदेश र अफगानिस्तान बीच दोश्रो सेमीफाइनलको विजेतासंग खेल्नेछ। फाइनल खेल शनिवार खेलिनेछ।

समुह चरण अन्तर्गत पाकिस्तान र अफगानिस्तान समुह ‘ए’ बाट क्रमसः पहिलो र दोश्रो हुँदै तथा समुह ‘बि’ बाट बंगलादेश र भारत पहिलो र दोश्रो हुँदै सेमीफाइनल प्रवेश गरेका थिए।





थप समाचार

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]