इमर्जिङ्ग टिम्स कप खेल्न नेपाली टिम बंगलादेश प्रस्थान, ३ चरणमा खेलाडीहरु जाँदै

बंगालदेशमा नोभेम्बर १४ देखि २३ सम्म ( कार्तिक २८ देखि मङ्सिर ७ ) सम्म आयोजना हुने एसीसी इमर्जिङ्ग टिम्स कप प्रतियोगितामा सहभागी हुन नेपाली टोलि सोमबार बंगलादेश प्रस्थान गरेको छ।

२० सदस्यीय नेपाली टिम एकै पटक बंगलादेश प्रस्थान गर्ने तय भएता पनि अन्तिम समयमा टिकट रद्द भएपछि सोमबार मात्र ९ सदस्यीय टोलि बंगलादेशतर्फ प्रस्थान गरेको छ।

सोमबार जाने टोलिमा आरिफ शेख, बिनोद भण्डारी, दिपेन्द्र ऐरि, ललित राजबंशी, करन केसी, पवन सर्राफ, सोमपाल कामि, बिनोद भण्डारी र भिडियो एनालिस्ट रमन शिवाकोटी रहेका छन्। अब भोलि मंगलबार ५ जना र बुधबार ६ जनाको टिम बंगलादेश पुग्नेछ।

मंगलबार टिमका मुख्य प्रशिक्षक उमेश पटवाल, सहायक प्रशिक्षक दिपेन्द्र प्रताप सिंह सहित कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेसावकर र फिजियो विक्रम न्यौपाने प्रस्थान गर्नेछन्। बुधबार टिम व्यवस्थापक प्रशान्त विक्रम मल्ल सहित रोहित पौडेल, अभिनाश बोहरा, सुशन भारि, कुशल भुर्तेल, सन्दिप जोरा प्रस्थान गर्नेछन्।

नेपालको खेल तालिका 

नेपालले प्रतियोगिताको पहिलो खेलमा नोभेम्बर १४ मा टेस्ट राष्ट्र भारतको सामना गर्दैछ। यस्तै त्यसपछि दोश्रो खेल नोभेम्बर १६ मा हंगकंगसंग तथा तेश्रो खेल नोभेम्बर १८ मा बंगलादेशसंग खेल्नेछ।

नेपालको समुह ‘बि’ मा भारत, हंगकंग र बंगलादेश रहेका छन्। यस्तै समुह ‘ए’ मा श्रीलंका, ओमान, पाकिस्तान र अफगानिस्तान रहेका छन्। समुह चरणको खेलपछि दुवै समुहबाट उत्कृस्ट-२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगितामा नेपाल सहित टेस्ट राष्ट्र भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश सहित ओमान र हंगकंग गरि कुल ८ टिम सहभागी हुनेछन्। टिमहरुमा ११ जना खेलाडी २३ वर्ष मुनि र अन्य ४ जना खेलाडी २३ वर्ष माथिको रहनेछन्।

नेपाली टिम :- ज्ञानेन्द्र मल्ल ( कप्तान ) , दिपेन्द्र ऐरि ( उपकप्तान ) , सोमपाल कामि, करन केसी, बिनोद भण्डारी, रोहित पौडेल, ललित राजबंशी, पवन सर्राफ, सन्दिप जोरा, सुशन भारि, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहरा , कुशल मल्ल

गत वर्ष २०१८ मा पाकिस्तान र श्रीलंकामा आयोजना गरिएको इमर्जिङ्ग टिम्स कपमा नेपालले सहभागिताको मौका पाएको थिएन। टेस्ट राष्ट्र बाहेक हंगकंग, युएई र ओमानले उक्त प्रतियोगिता खेलेका थिए।

२०१७ मा नेपालले बंगलादेशमा प्रतियोगिता आयोजना हुँदा अन्तिम पटक प्रतियोगितामा सहभागिता जनाएको थियो जुन बेला नेपाल समुह चरणबाट बाहिरिएको थियो। नेपाल पाकिस्तानसंग ६ विकेटले तथा बंगलादेशसंग ८३ रनले पराजित भएको थियो भने हंगकंगलाई ७ विकेटले पराजित गरेको थियो। उक्त प्रतियोगितामा नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका थिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy