इमर्जिङ्ग टिम्स कप खेल्ने १५ सदस्यीय नेपाली टिमको घोषणा

Nepali Cricket Team

नोभेम्बर १४ देखि २३ सम्म बंगलादेशमा संचालन हुने एसीसी इमर्जिङ्ग टिम्स कप प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ।

प्रतियोगितामा नेपाल सहित टेस्ट राष्ट्र भारत, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, बंगलादेश सहित ओमान र हंगकंग गरि कुल ८ टिम सहभागी हुनेछन्। टिमहरुमा ११ जना खेलाडी २३ वर्ष मुनि र अन्य ४ जना खेलाडी २३ वर्ष माथिको रहनेछन्।

नेपालले नोभेम्बर १४ मा भारतसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। त्यसपछि दोश्रो खेल नोभेम्बर १६ मा हंगकंगसंग तथा तेश्रो खेल नोभेम्बर १८ मा बंगलादेशसंग खेल्नेछ। समुह चरणको खेलपछि दुवै समुहबाट उत्कृस्ट-२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

१५ सदस्यीय टोलिमा अधिकांश युवा खेलाडी, पारस र सन्दिप टि-१० लिग खेल्ने 

इमर्जिङ्ग टिम्स कपको लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा नेपाल क्रिकेट संघले गरेको छ। नेपाल क्रिकेट संघका महासचिव अशोकनाथ प्याकुरेलले बुधबार राति इमेल मार्फत टिम घोषणा गरेका हुन्।

नोभेम्बर १५ देखि युएईमा टि-१० लिग सुरु हुने हुँदा टिममा पारस खड्का र सन्दिप लामिछानेले यस अघिनै नाम फिर्ता लिएका थिए।

११ खेलाडी २३ वर्ष मुनिको राख्नु पर्ने हुँदा अधिकांश युवा खेलाडीले टिममा मौका पाएका छन्। एमसीसी बिरुद्ध खेल्ने नेपाली टिममा रहेका कुशल भुर्तेलले टिममा मौका पाएका छन्। यस्तै इशान पाण्डे, सन्दिप जोरा, रोहित पौडेल, सुशन भारि, पवन सर्राफ जस्ता खेलाडीलाई पनि टिममा स्थान दिईएको छ।

Kushal Bhurtel

अनुभवी स्पिनर बसन्त रेग्मीलाई टिममा समावेस गरिएको छैन। उनि एमसीसी बिरुद्ध टिममा रहेता पनि घाइते भएका कारण कुनै पनि खेल खेलेका छैनन्। टिममा देब्रे हाते स्पिनरको रुपमा सुशन भारि र ललित राजबंशीलाई समावेश गरिएको छ भने अफ स्पिनरको रुपमा पवन सर्राफ रहेका छन्।

तिब्र गति बलिङ्गको जिम्मा सोमपाल कामि, करन केसी र अविनाश बोहराले सम्हाल्नेछन्। ब्याटिंगमा अनुभवी खेलाडीहरु ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरि, शरद भेसावकर, बिनोद भण्डारी , आरिफ शेख लगायत युवा खेलाडीहरु रोहित पौडेल, सन्दिप जोरा, इशान पाण्डेले जिम्मेवारी सम्हाल्नेछन्।

नेपाली टिम :- ज्ञानेन्द्र मल्ल  ( कप्तान ) , दिपेन्द्र ऐरि ( उपकप्तान ) , सोमपाल कामि, करन केसी, बिनोद भण्डारी, रोहित पौडेल, ललित राजबंशी, पवन सर्राफ, सन्दिप जोरा, सुशन भारि, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहरा , कुशल मल्ल

नेपाली टिमको व्यवस्थापकको भूमिका यो पटक रमन शिवाकोटीको सट्टा प्रशान्त बिक्रम मल्ललाई दिईएको छ। मल्ल रुपन्देही क्रिकेट संघका अध्यक्ष समेत हुन्। शिवाकोटी भिडियो एनालिस्टको रुपमा टिमसंग रहनेछन्। यस अघि शिवाकोटीले नेपाली टिमको टिम म्यानेजर, एनालिस्ट र मिडिया म्यानेजरको समेत जिम्मेवारी सम्हाल्दै आएका थिए। टिमको फिजियोमा बिक्रम न्यौपाने रहेका छन् भने सहायक प्रशिक्षकको रुपमा दिपेन्द्र प्रताप सिंह बंगलादेश जानेछन्।

नेपालको खेल तालिका 

नोभेम्बर १४ देखि २३ सम्म चल्ने इमर्जिङ्ग टिम्स कप अन्तर्गत नेपाल रहेको समुह ‘बि’ मा भारत, बंगलादेश र हंगकंग रहेका छन्। प्रतियोगिता ५० ओभरको हुनेछ जसले लिस्ट ‘ए’ मान्यता पाउनेछ।

नेपालले प्रतियोगिताको सुरुवात नोभेम्बर १४ मा भारतसंग खेल्दै गर्नेछ। त्यसपछि दोश्रो खेल नोभेम्बर १६ मा हंगकंगसंग तथा तेश्रो खेल नोभेम्बर १८ मा बंगलादेशसंग खेल्नेछ। समुह चरणको खेलपछि दुवै समुहबाट उत्कृस्ट-२ टिमले सेमीफाइनलमा स्थान बनाउनेछन्।

गत वर्ष २०१८ मा पाकिस्तान र श्रीलंकामा आयोजना गरिएको इमर्जिङ्ग टिम्स कपमा नेपालले सहभागिताको मौका पाएको थिएन। टेस्ट राष्ट्र बाहेक हंगकंग, युएई र ओमानले उक्त प्रतियोगिता खेलेका थिए।

२०१७ मा नेपालले बंगलादेशमा प्रतियोगिता आयोजना हुँदा अन्तिम पटक प्रतियोगितामा सहभागिता जनाएको थियो जुन बेला नेपाल समुह चरणबाट बाहिरिएको थियो। नेपाल पाकिस्तानसंग ६ विकेटले तथा बंगलादेशसंग ८३ रनले पराजित भएको थियो भने हंगकंगलाई ७ विकेटले पराजित गरेको थियो। उक्त प्रतियोगितामा नेपालको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका थिए।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]