इश्वरी बिष्टको उत्कृष्ट प्रदर्शन, धनगढी क्रिकेट एकेडेमीलाई यू-१६ त्रीकोणात्मक सिरिजको उपाधी

चैत्र,२७,धनगढी।

चटकपुर स्पोर्टस क्लब नेपालको आयोजना तथा कैलाली जिल्ला क्रिकेट संघको प्रवर्द्धनमा यहि चैत्र २३ गतेदेखि धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु भएको प्रथम यू-१६ त्रीकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको फाइनल खेलमा इश्वरी बिष्टले उत्कृष्ट प्रदर्शन गर्दा धनगढी क्रिकेट एकेडेमीले कैलाली जिल्ला क्रीकेट क्लबलाई ६ विकेटले पराजित गर्दै सिरिजको उपाधि उचालेको छ ।

आइतबार बिहान भएको फाइनलमा टस जितेर पहिले ब्याटिंगको निर्णय लिएको कैलाली जिल्ला क्रिकेट क्लबले निर्धारित ५० ओभरमा २७.१ ओभर खेल्दै ११२ रनमै समेटियो । उसका लागि आयुष खड्काले १८ बलमा सर्वाधिक २८, निर्ज पार्कीले २२ बलमा २० तथा अभिषेक मल्लले १८ बलमा १७ रन बनानुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

धनगढी क्रिकेट एकेडेमीको बलिंगतर्फ इश्वरी बिष्ट र महेश देउवाले समान ३ तथा मनिषा चौधरीले २ विकेट लिए ।

११३ रनको झिनो विजयी लक्ष्य पछ्याएको धनगढी क्रिकेट एकेडेमीले १९.४ ओभरमा मात्र ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । उसका लागि अनुराग शार्कीले ४६ बलमा सर्वाधिक ३७ रन बनाए । यस्तै, पारस महतले ४० बलमा २६ तथा सन्दिप औजिले ११ बलमा १५ रनको योगदान दिए ।

कैलाली जिल्ला क्रिकेट क्लबको बलिंगतर्फ मुकेश कार्की र निरज पार्किनले समान २ विकेट लिए ।

खेलमा उत्कृष्ट बलिंग गरेकी इश्वरी बिष्ट वुमिन अफ दि म्याच घोषित भइन् ।

समापन समारोहका सभापति तथा यस त्रिकोणात्मक एकदिवसीय शृंखलाका निर्देशक लोकेश जोशी रहेको कार्यक्रमका प्रमुख अतिथि धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष आदरणीय व्यक्तित्त्व बलबहादुर ऐर रहनुभएको थियो । यस्तै, विशिस्ष्टपोर्ट्स क्लबका प्रशिक्षक नितेश  अतिथिहरुमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका पिच क्युरेटर किशन महत, कैलाली जिल्ला क्रिकेट संघका प्रमुख प्रशिक्षक ज्ञानेन्द्र क्षेत्रि, क्रिकेट अभियन्ता दिपक रावल तथा एन बि स्पोर्ट्स क्लबका प्रशिक्षक नितेश बिष्ट उपस्थित हुनुभयो ।

सिरिजमै उत्कृष्ट बलिंग प्रदर्शन गरेकाधनगढी क्रिकेट एकेडेमीका कप्तान निरज ऐरलाइ श्री केसी ज्यूले प्रायोजन गर्नुभएको उत्कृष्ट बलर अवार्ड प्रदान गरिएको हो। त्यस्तै, उक्त सिरिजमै उत्कृष्ट ब्याटिंग प्रदर्शन गरेका धनगढी क्रिकेट एकेडेमीकै अजय कंडेललाई बुन्गल क्रिकेट क्लबले उत्कृष्ट ब्याट्सम्यानको अवार्ड प्रदान गर्दा सिरिज भरी उत्कृष्ट प्रदर्शन गरेका धनगढी क्रिकेट एकेडेमीकै कप्तान निरज ऐरलाइ शेखर प्याकुरेल प्लेयर अफ दी सिरिज घोषित गरेका थिए ।





थप समाचार

एसपीए कलेजद्वारा क्रिकेटर द्वय भट्ट र रावललाई आजीवन छात्रवृत्ति र नगदसहित सम्मान

क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा अवस्थित एसपीए कलेजले सुदूरपश्चिमका गौरवशाली युवा क्रिकेटरहरू सचिन भट्ट र सुशील रावललाई आजीवन छात्रवृत्ति र […]

सप्तरी प्राइड लिग-७ : तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी

सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत तेश्रो दिन सम्पन्न दुईवटा खेलमा तिरहुट टाइगर्स र राजविराज राजदेवी रोयल्स विजयी भएका […]

सप्तरी प्राइड लिग-७, वारियर्स र टाइगर्स विजयी 

२७ अषाढ, राजबिराज । सप्तरीको राजविराजमा जारी सप्तरी प्राइड लिग अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा राजगढ वारियर्स र तिरुहुट […]

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]