उपाधि लक्ष्य सहित यु-१९ टिम भारत प्रस्थान , यस्तो छ खेल तालिका

भारतमा नोभेम्बर ११ देखि सुरु हुने अन्डर-१९ च्यालेन्जर्स सिरिजमा सहभागी हुन नेपाल अन्डर १९ ( ए ) टिमको शुक्रबार विदाई गरिएको छ।

रित गौतम कप्तानीको टिमलाई नेपाल क्रिकेट संघ क्यानले टिम बसेको नक्साल स्थित होटल क्राउन प्लाजाबाट विदाई गरेको हो। क्यान महासचिव अशोकनाथ प्याकुरेलले टोलिलाई विदाई गर्नु भएको थियो। टिम विहान १० बजे भारततर्फ प्रस्थान गर्यो।

भारतको हैदराबादमा खेलिने प्रतियोगितामा भारतीय अन्डर-१९ टिमको भारत निलो, भारत रातो र भारत पहेंलो गरि तिन टिमहरुसंग खेल्नेछ।

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर ११ मा भारत पहेल्नोसंग खेल्नेछ। दोश्रो खेल नोभेम्बर १३ मा भारत रातोसंग तथा तेश्रो खेल भारत निलोसंग १५ नोभेम्बरमा खेलिनेछ। सबै ४ टिमले एक अर्का बिरुद्ध खेलीसकेपछि अंकतालिकामा उत्कृस्ट-२ टिमले फाइनल खेल्नेछ भने तेश्रो र चौथो टिमबीच तेश्रो स्थानको लागि खेल हुनेछ।

 

भारत प्रस्थान गर्नु अघि नेपाली टिमका कप्तान रित गौतमले आफ्नो टोलि बलियो र अनुभवी रहेको बताए। यस्तै उनले एमसीसीसंग अभ्यास खेलमा राम्रो प्रदर्शन गरे पछि टिमको मनोबल बढेको बताए।

नेपाली टिमको प्रशिक्षण नियमित यु-१९ टिम प्रशिक्षक बिनोद दासले गर्नेछन् भने व्यवस्थापकको रुपमा राजु खड्का रहेका छन्। नेपाल यु-१९ ए टिम भनिएता पनि टिममा नियमित यु-१९ टिमको लागि खेल्ने खेलाडीहरुको बाहुल्यता रहेको छ।

नेपाली यु-१९ ए टिम :- रित गौतम ( कप्तान ) , तृत राज दास, विशाल बिक्रम केसी, लोकेश बम, खडक बोहरा, हरि बहादुर चौहान, अभिषेक बस्नेत , अरुण ऐरि, कुशल मल्ल, विवेक यादव, सागर ढकाल, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जिसी, गौतम केसी।

यस अघि टिममा रहेका देब्रे हाते स्पिनर सुर्य तामांग औलांमा चोट लागेका कारण भारत जानेछैनन्। उनको सट्टा अर्का देब्रे हाते स्पिनर सागर ढकाल टिमसंग जानेछन्।

 





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]