एकदिवसीय वरियतामा नेपाललाई ओमानले उछिन्यो, हेर्नुस को कति नम्बरमा

अन्तर्राष्ट्रिय क्रिकेट परिषद – आईसीसीले बिहिबार ( २२ अगस्ट ) जारि गरेको नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा ओमानले नेपाललाई उछिनेको छ।

नयाँ वरियता अनुसार ओमान १५ औं र नेपाल १६ औं स्थानमा रहेको छ। नेपाल यस अघि १५ औं स्थानमा रहेको थियो।

ओमानले भर्खरै स्कटल्याण्डमा आयोजित विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ४ खेल मध्ये ३ खेलमा जित र १ हार बेहोरेको गरेको थियो जुन क्रममा स्कटल्याण्डलाई एउटा खेलमा तथा पपुवा न्यु गिनीलाई २ वटा खेलमा पराजित गरेको थियो भने एक खेलमा स्कटल्याण्डसंग पराजित भएको थियो। स्कटल्याण्ड वरियतामा १४ औं स्थानमा रहेको छ जसले विश्वकप लिग-२ मा ४ खेलमा ३ जित र १ हार बेहोरेको थियो। स्कटल्याण्डले ओमानसंग एक खेलमा हार र एक खेलमा जित हासिल गर्यो भने पपुवा न्यु गिनीलाई दुवै खेलमा पराजित गरेको थियो।

नेपालले भने अन्तिम पटक एकदिवसीय अन्तर्राष्ट्रिय युएईसंग जनवरीमा खेलेको थियो। सो क्रममा युएईलाई नेपालले ३ वटा एकदिवसीयको सिरिजमा २-१ ले पराजित गरेको थियो। उक्त सिरिज पछि पहिलो पटक एकदिवसीय वरियतामा आएको नेपाल १५ औं स्थानमा रहेको थियो।

अब नेपालले विश्वकप लिग-२ अन्तर्गत फेब्रुवरिमा ओमान र अमेरिकासंग नेपालमा त्रिकोणात्मक सिरिज खेल्नेछ।

एकदिवसीय वरियता :- १. इंग्ल्याण्ड, २. भारत , ३. न्युजिल्याण्ड , ४. अस्ट्रेलिया , ५. दक्षिण अफ्रीका , ६. पाकिस्तान , ७. बंग्लादेश , ८. श्रीलंका , ९. वेस्टइन्डिज , १०. अफगानिस्तान , ११. आयरल्याण्ड , १२. जिम्बाबे , १३. नेदरल्याण्ड , १४. स्कटल्याण्ड , १५. ओमान , १६. नेपाल , १७. युएई , १८. पपुवा न्यु गिनी

खेलाडीहरुको वरियता :- एकदिवसीय वरियता अन्तर्गत ब्याटिंगतर्फ पारस खड्का १५० औं स्थानमा रहेका छन्। यस्तै सोम्पाल कामि १६६ औं र ज्ञानेन्द्र मल्ल २०० औं स्थानमा छन्। यस्तै बलिङ्गतर्फ सन्दिप लामिछाने १४० औं स्थानमा रहेका छन्। यस्तै पारस खड्का १६१ औं तथा सोमपाल कामि १६४ औं र करन केसी १९८ औं स्थानमा छन्। अलराउण्डर तर्फ पारस खड्का १३३ औं स्थानमा रहेका छन् भने सोमपाल आमी १४९ औं स्थानमा छन्।

टि-२० वरियतामा नेपाल 

नेपाल टि-२० वरियतामा ११ औं स्थानमा रहेको छ। अल-राउण्डरतर्फ कप्तान पारस खड्का २६ औं स्थानमा यथावत रहेका छन्। यो सुचीमा युएईका रोहन मुस्तफा १६ औं स्थानमा रहेका छन्।

टि-२० अन्तर्राष्ट्रिय वरियतामा ब्याटिंगतर्फ नेपाली खेलाडी मध्ये शिर्ष स्थानमा पारस खड्का ६६ औं स्थानमा रहंदा बलिंगतर्फ बसन्त रेग्मी शिर्ष ७१ औं स्थानमा रहेका छन्। सोमपाल कामि ब्याटिंगमा २१४ औं, बलिंगमा ७८ औं र अल-राउण्डरतर्फ ६७ औं स्थानमा रहेका छन्। पारस खड्काले गत महिना मलेसियासंग अविजित ८६ र त्यसपछि कुवेतसंग ६८ रन बनाएका थिए। बसन्त रेग्मीले टि-२० विश्वकप छनौट ( एसिया फाइनल) मा कुल ७ विकेट तथा मलेसियासंग १ खेलमा मौका पाउदा २ विकेट लिएका थिए।

Paras Khadka

ब्याटिंग वरियता :-  पारस खड्का – ६६ औं , शरद भेसावकर – १२५ औं , ज्ञानेन्द्र मल्ल – १३१ औं , सन्दिप जोरा १७० औं , सोमपाल कामि २१४ औं
बलिंग वरियता :- बसन्त रेग्मी – ७१ औं , सोमपाल कामि ७८ औं , करन केसी १४२ औं , पारस खड्का १५० औं , अविनाश बोहरा १६४ औं
अल-राउण्डर वरियता :- पारस खड्का – २६ औं , सोमपाल कामि ६७ औं , करन केसी १३७ औं , बसन्त रेग्मी १७७ औं





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]