एनपीएल : कर्णालीलाई हराउदै जनकपुर फाइनलमा

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट हराउँदै फाइनलमा स्थान बनाएको हो ।

जितका लागि एक सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।

जनकपुरका लागि जेम्स निसमले सर्वाधिक ४५ रन बनाए । उनले १७ बलमा दुई चौका र पाँच छक्काको सहयोगमा उक्त रन जोड्दै जनकपुरलाई जितको आधार तयार गरे । निसम प्लेयर अफ दि म्याच भए। यस्तै हर्ष थाकरले १७, शेर मल्लले अविजित १६, मायान यादवले १४ र आकाश त्रिपाठीले १३ रन बनाए ।

बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिए । कर्णालीले ट्यालेन्ट हन्टबाट टोलीमा अनुबन्ध गरेको १६ वर्षीय शर्माले विकेट लिने क्रममा पूरा चार ओभर बलिङ गदै १७ रन खर्चिए । सोमपाल कामी, विलियम बसिस्टो र जिसम मक्सुदले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय १८ रन बनाएको थियो ।

कर्णालीका लागि गुलशन झाले २५ रन बनाए । यस्तै ओपनर देश खनालले २४, विलियम बसिस्टोले १४, जिसम मक्सुद र युनिस ठकुरीले १२/१२ तथा चादविक वाल्टनले ११ रन बनाए ।

बलिङमा जनकपुरका ललित राजवंशी, मोहमद मोसिन र जेम्स निसमले दुई दुई विकेट लिए । हर्ष थाकर र शेर मल्लले एक एक विकेट लिए ।

फाइनलमा जनकपुरले सुदूरपश्चिम रोयल्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

यता कर्णालीले बुधबार एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । पराजित कर्णालीले तेस्रो बन्यो । प्लेअफमा पुगेको चितवन राइनोज चाैथो भयो ।





थप समाचार

जय ट्रफी : पहिलो दिन १७ ओभरको खेल, भुर्तेलको अर्धशतक

काठमाडौं । जय ट्रफी मेन्स एलिट कपअन्तर्गत फाइनल खेलको पहिलो दिन समाप्त हुँदा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबविरुद्ध ८५ रनको […]

प्रधानमन्त्री कप : एपिएएफको सुखद सुरुआत

काठमाडौं । विभागीय टोली एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरपश्चिमको विजयी सुरुआत

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुआत गरेको छ। धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार […]

अभ्यास खेलमा नेपाल पराजित

काठमाडौं । यु-१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ। मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार […]

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]