काठमाडौं । ललितपुर मेयर्स कपको तेस्रो खेलमा नेपाल एपीएफ क्लबले सुखद सुरुआत गरेको छ ।
पहिलो खेल जितका साथ सुरुआत गर्ने क्रममा एपीएफले कोशी प्रदेशलाई २५ रनले पराजित गर्यो ।
कोशीले दिएको ५७ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर ३२ रन बनायो । वर्षाका कारण खेल ५ ओभरमा छोट्याईएको थियो ।
कोशीका लागि कप्तान अप्सरी बेगमले २० बलमा २ चौकाको सहयोगमा अविजित २५ रन बनाईन् ।
एपीएफका लागि सिता रानामगरले १ विकेट लिईन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५ ओभरमा ३ विकेट गुमाएर ५६ रन बनाएको थियो ।
एपीएफका लागि इन्दु बर्माले १५ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाईन् । ममता चौधरीले १० बलमा ९ रन बनाईन् ।
कोशीका लागि अलिशा खडिया र हिरन्मा रोयले समान १/१ विकेट लिए ।
पहिलो खेलमा जितका साथ एपीएफले २ अंक जोडेको छ ।
प्रतियोगितामा गत बर्ष सम्पन्न महिला प्रधानमन्त्री कपको शीर्ष ४ मा रहेका टोली र ललितपुर महानगरपालीकाको टोली रहेका छन् ।