एपीएफमाथि कर्णालीको ऐतिहासिक जित

काठमाडौं । आशिफ शेखको शतकका बाबजुद प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम खेलमा विभागीय टोली नेपाल एपीएफ क्लबले कर्णाली प्रदेशसँग ऐतिहासिक हार व्यहोरेको छ ।

कर्णालीले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको एपीएफले ४४ ओभरमा अल आउट हुदै १ सय ८५ रन मात्र बनायो ।

एपीएफका लागि ओपनर आशिफ शेखले शतकीय ईनिङ खेले । शेखले १ सय १२ बलमा ९ चौका र २ छक्काको सहयोगमा शतक बनाएका हुन् ।

यस संस्करण एपीएफबाट शतक बनाउने आशिफ दोस्रा खेलाडी हुन् । यस अघि सन्दीप जोराले शतक प्रहार गरेका थिए ।

यो आशिफको प्रधानमन्त्री कप क्रिकेटको दोस्रो शतक हो । शेखले गत संस्करणमा कर्णाली प्रदेशविरुद्ध नै १ सय ३० रनको शतकीय ईनिङ खेलेका थिए ।

अमरसिंह राउटेलाले ७१ बलमा अविजित २८ रन बनाए ।

प्रकाश जैशीले एकै ओभरमा तीन विकेट लिए पछि जित सम्भव भएको हो ।

त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशले ४४ दशमलब १ ओभरमा अल आउट हुदै २ सय ६ रन बनायो ।

कर्णालीका लागि हिमाशुं शाही र अर्जुन घर्तीले अर्धशतकीय पारी खेले । हिमाशुंले ५० बलमा २ चौका र ७ छक्काको सहयोगमा ६२ रन बनाए । अर्जुनले ७४ बलमा १ चौका र ३ छक्काको सहयोगमा ५३ रन बनाए ।

एक समय ३० रनमा तेस्रो विकेट गुमाईसकेको कर्णालीका लागि शाही र घर्तीले चौथो विकेटका १ सय ११ रनको महत्वपुर्ण साझेदारी गरेका थिए ।

दिपेन्द्र रावतले २४ बलमा २७ तथा कप्तान रविन्द्र जंग शाहीले ३० बलमा २२ रन बनाए । दिनेश अधिकारीले १९ बलमा १९ तथा प्रकाश जैशीले २० बलमा १० रन बनाए ।

एपीएफका लागि मौषम ढकालले तीन तथा अमरसिंह राउटेलाले दुई विकेट लिए । भुवन कार्की र रमेश कुर्मीले समान एक एक विकेट लिए ।

हारसँगै शीर्ष चारमा रहेर एलिट ट्रफिमा स्थान बनाउँने एपीएफको सपना समाप्त भएको छ । प्रतियोगिताबाट बाहिरिसकेको कर्णालीले प्रतियोगितामा एतिहासिक जित हात पारेको छ । प्रधानमन्त्री कपको ईतिहासमा विभागीय टिममाथि कर्णालीको यो पहिलो जित हो ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]