एमएम कप : कुमार थापाले ५ विकेट लिंदा पुलिस १८३ मै सिमित

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को अन्तिम खेलमा प्रदेश नम्बर २ र विभागीय टोलि नेपाली पुलिस क्लबले प्रतिस्पर्धा गरिरहेका छन्।

आजको खेल जित्ने टिम समुह ‘बि’ बाट विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्नेछ। पुलिस र प्रदेश-२ दुवैले यस अघि आफ्नो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेका थिए।

खेलमा टस जितेर प्रदेश-२ ले बलिंग रोजेपछि ब्याटिंग गरेको पुलिसले ४८.१ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनाउदै प्रदेश-२ लाई १८४ रनको लक्ष्य प्रस्तुत गरेको छ। स्कोरकार्ड 

पुलिसको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र ऐरीले सर्वाधिक ५० रन बनाए। ऐरीले ६४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। खाता नखोल्दै विवेक यादबको बलमा मिड अनमा हरिशंकर शाहले ऐरीको क्याच छुटाउन पुगेका थिए। ओपनर अमित श्रेष्ठले ३७, अनिल साहले १९ तथा राशिद खानले १६ रन बनाए।

Dipendra Airee

सुनिल धमला र अमित श्रेष्ठले पहिलो विकेटको लागि ३६ रन जोडेका थिए। १३ औं ओभरमा धमला रन आउट भएपछि पुलिसले निरन्तर अन्तरालमा विकेट गुमाएको थियो। अमित श्रेष्ठलाई विवेक यादबले १७ औं ओभरमा आउट गरेपछि लेग स्पिनर कुमार थापाले पुलिसको मध्यक्रमका ब्याट्सम्यानलाई क्रिजमा टिक्न दिएनन्।

एक समय १२२/६ को अवस्थामा पुगेको पुलिसलाई सातौँ विकेटको लागि दिपेन्द्र ऐरी र राशिद खानले ४७ रनको साझेदारी गर्दै उकासेका थिए। राशिदलाई कुमारले तथा ऐरीलाई राहुल प्रताप सिंहले आउट गरे।

Kumar Thapa

प्रदेश-२ को बलिंगमा लेग स्पिनर कुमार थापा एक्लैले ५ विकेट लिए। पुलिसको माथिल्लो क्रमको ब्याट्सम्यानहरु अनिल साह, पवन सर्राफ, क्कुशल भुर्तेल, मन्जित श्रेष्ठ तथा राशिद खानको विकेट लिएका थापाले १० ओभरमा ३ ओभर मेडन गर्दै ३२ रन खर्चिए। राहुल प्रताप सिंह र विवेक यादवले २/२ विकेट लिए।

प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर-३ र त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]