एमएम कप : प्रदेश-२ लाई पराजित गर्दै पुलिस सेमीफाइनलमा

नेपाल पुलिस क्लब सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनल पुग्ने तेश्रो टिम बनेको छ।

शुक्रबार सम्पन्न खेलमा प्रदेश नम्बर २ लाई ४६ रनले पराजित गर्दै पुलिस समुह ‘बि’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। यस अघिनै प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।

शुक्रबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर २ ले ४२.२ ओभरमा १ सय ३७ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो।

लक्ष्य पछ्याउने क्रममा खराब सुरुवात गरेको प्रदेश-२ ले ७६ रन बनाउदा ९ विकेट गुमाईसकेको थियो। सुधिर चौधरी ४, हरिशंकर शाह १८, हसिम अन्सारी १०, सुरज पटेल १ रनमा आउट भए भने महबुब आलम र विवेक यादवले खाता खोल्न सकेनन्।

एक किनारमा लगातार विकेट गुमेता पनि छैठौं नम्बरमा ब्याटिंग गरेका बिशाल सुश्लिंगले एक किनार सम्हालेर ब्याटिंग गरे। दशौँ विकेटको लागि सुश्लिंगले कुमार थापासंग ६१ रनको साझेदारी गरे पनि टिम जित नजिक पुग्न सकेन।

Bishal Sushling

अन्तिम विकेटको रुपमा आउट हुनु अघि सुश्लिंगले ११२ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै ८० रन बनाए। २९ औं ओभरमा ९ विकेट गुमेपछि दशौँ विकेट खसाल्न पुलिसले ४३ औं ओभर कुर्न परेको थियो। पवन सर्राफले सुस्लिंगको विकेट लिए। कुमार थापाले अविजित ७ रन बनाए।

पुलिसको बलिंगमा दिपेन्द्र ऐरी र ललित भण्डारीले समान ३ विकेट लिए। पवन सर्राफले २ तथा सागर ढकाल र ललित राजबंशीले समान १ विकेट लिए।

कुमार थापाको ५ विकेट 

खेलमा टस जितेर प्रदेश-२ ले बलिंग रोजेपछि ब्याटिंग गरेको पुलिसले ४८.१ ओभरमा सबै विकेट गुमाएर १८३ रन बनाएको थियो।

पुलिसको लागि तेश्रो नम्बरमा ब्याटिंग गरेका दिपेन्द्र ऐरीले सर्वाधिक ५० रन बनाए। ऐरीले ६४ बलमा ५ चौका र २ छक्का प्रहार गरे। खाता नखोल्दै विवेक यादबको बलमा मिड अनमा हरिशंकर शाहले ऐरीको क्याच छुटाउन पुगेका थिए। ओपनर अमित श्रेष्ठले ३७, अनिल साहले १९ तथा राशिद खानले १६ रन बनाए।

Dipendra Airee

सुनिल धमला र अमित श्रेष्ठले पहिलो विकेटको लागि ३६ रन जोडेका थिए। १३ औं ओभरमा धमला रन आउट भएपछि पुलिसले निरन्तर अन्तरालमा विकेट गुमाएको थियो। अमित श्रेष्ठलाई विवेक यादबले १७ औं ओभरमा आउट गरेपछि लेग स्पिनर कुमार थापाले पुलिसको मध्यक्रमका ब्याट्सम्यानलाई क्रिजमा टिक्न दिएनन्।

एक समय १२२/६ को अवस्थामा पुगेको पुलिसलाई सातौँ विकेटको लागि दिपेन्द्र ऐरी र राशिद खानले ४७ रनको साझेदारी गर्दै उकासेका थिए। राशिदलाई कुमारले तथा ऐरीलाई राहुल प्रताप सिंहले आउट गरे।

Kumar Thapa

प्रदेश-२ को बलिंगमा लेग स्पिनर कुमार थापा एक्लैले ५ विकेट लिए। पुलिसको माथिल्लो क्रमको ब्याट्सम्यानहरु अनिल साह, पवन सर्राफ, क्कुशल भुर्तेल, मन्जित श्रेष्ठ तथा राशिद खानको विकेट लिएका थापाले १० ओभरमा ३ ओभर मेडन गर्दै ३२ रन खर्चिए। राहुल प्रताप सिंह र विवेक यादवले २/२ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच पुलिसका दिपेन्द्र ऐरी चुनिए।

प्रतियोगिता अन्तर्गत समुह ‘डी’ को खेलहरु शनिवार सुरु हुनेछ। शनिवार मलेसिया राष्ट्रिय क्रिकेट टिम र सुदुर पश्चिम प्रदेश बीच खेल हुनेछ।

 





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]