एमएम कप : वर्षाका कारण प्रदेश ५ र प्रदेश ३ को खेल नतिजाविहिन , प्रदेश ५ बाहिरियो 

फिचर फोटो – ५ विकेट लिएका प्रदेश-५ का बलर विशाल विक्रम केसी

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको प्रदेश-३ र प्रदेश-५ बीचको खेल वर्षाको कारण नतिजाविहिन टुंगिएको छ। नतिजा पछि दुवै टिमले एक-एक अंक बाँडेका छन्।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बिहिबार प्रदेश-१ संग ६८ रनले पराजित भएको थियो। दोश्रो खेल नतिजाविहिन रहेपछि अब शनिवार प्रदेश १ र प्रदेश-३ बीच हुने समुह ‘सी’ को अन्तिम खेलमा विजयी हुने टिम सेमीफाइनल पुग्नेछ। प्रदेश-५ प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ।

खेलमा प्रदेश-३ ले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा दोश्रो इनिंग ब्याटिंग सुरु गरेको प्रदेश-५ ले २.१ ओभरमा १ विकेट गुमाएर ९ रन बनाएको थियो। सो अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो। त्यसपछि खेल पुनः सुचारु हुन सकेन।

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश नम्बर-३ ले ४५.२ ओभरमा सबै विकेट गुमाएर १८९ रनको योगफल तयार गरेको थियो।

Bishal Bikram KC

प्रदेश-३ को लागि ओपनिंग ब्याट्सम्यान सुबास खकुरेलले सर्वाधिक ४२ रन बनाए जुन क्रममा ६५ बलमा ५ चौका प्रहार गरे। यस्तै आदील खानले २६ रन, रित गौतमले २२ रन, प्रतिस जिसीले १८ रन, सोनु तामांगले १५ रन तथा रामनरेश गिरिले १७ रन तथा इशान पाण्डेले १२ रन बनाए।

प्रदेश-५ को बलिंगमा विशाल बिक्रम केसीले सर्वाधिक ५ विकेट लिए। अनिल खरेलले २ तथा कृष्ण कार्की र बिक्रम भुसालले १/१ विकेट लिए।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy