एमएम कप : वर्षाका कारण प्रदेश ५ र प्रदेश ३ को खेल नतिजाविहिन , प्रदेश ५ बाहिरियो 

फिचर फोटो – ५ विकेट लिएका प्रदेश-५ का बलर विशाल विक्रम केसी

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारको प्रदेश-३ र प्रदेश-५ बीचको खेल वर्षाको कारण नतिजाविहिन टुंगिएको छ। नतिजा पछि दुवै टिमले एक-एक अंक बाँडेका छन्।

प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बिहिबार प्रदेश-१ संग ६८ रनले पराजित भएको थियो। दोश्रो खेल नतिजाविहिन रहेपछि अब शनिवार प्रदेश १ र प्रदेश-३ बीच हुने समुह ‘सी’ को अन्तिम खेलमा विजयी हुने टिम सेमीफाइनल पुग्नेछ। प्रदेश-५ प्रतियोगिताबाट बाहिरिने निश्चित भएको छ।

खेलमा प्रदेश-३ ले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा दोश्रो इनिंग ब्याटिंग सुरु गरेको प्रदेश-५ ले २.१ ओभरमा १ विकेट गुमाएर ९ रन बनाएको थियो। सो अवस्थामा खेल वर्षाको कारण रोकिएको थियो। त्यसपछि खेल पुनः सुचारु हुन सकेन।

यस अघि टस जितेर ब्याटिंग रोजेको प्रदेश नम्बर-३ ले ४५.२ ओभरमा सबै विकेट गुमाएर १८९ रनको योगफल तयार गरेको थियो।

Bishal Bikram KC

प्रदेश-३ को लागि ओपनिंग ब्याट्सम्यान सुबास खकुरेलले सर्वाधिक ४२ रन बनाए जुन क्रममा ६५ बलमा ५ चौका प्रहार गरे। यस्तै आदील खानले २६ रन, रित गौतमले २२ रन, प्रतिस जिसीले १८ रन, सोनु तामांगले १५ रन तथा रामनरेश गिरिले १७ रन तथा इशान पाण्डेले १२ रन बनाए।

प्रदेश-५ को बलिंगमा विशाल बिक्रम केसीले सर्वाधिक ५ विकेट लिए। अनिल खरेलले २ तथा कृष्ण कार्की र बिक्रम भुसालले १/१ विकेट लिए।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]