एमएम कप : हासिम र मेहबुब चम्किदा कर्णाली बिरुद्ध प्रदेश-२ को सहज जित

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गत समुह ‘बि’ को दोश्रो खेलमा कर्णाली प्रदेशलाई प्रदेश नम्बर २ ले ८ विकेटले पराजित गरेको छ। हारपछि कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।

अब शुक्रबार हुने प्रदेश नम्बर २ र नेपाल पुलिस बीचको खेलमा विजेता हुने टिमले सेमीफाइनलमा स्थान पक्का गर्नेछ। पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो। प्रतियोगिता अन्तर्गत समुह ‘सी’ बाट प्रदेश नम्बर ३ तथा समुह ‘ए’ बाट त्रिभुवन आर्मी क्लब सेमीफाइनल प्रवेश गरिसकेका छन्।

पहिले ब्याटिंग गर्दै कर्णालीले दिएको १३० रनको लक्ष्य प्रदेश नम्बर २ ले मात्र दुइ विकेट गुमाएर २२.५ ओभरमा पुरा गर्यो। स्कोरकार्ड 

प्रदेश-२ को लागि हसिम अन्सारीले अविजित ८० रन तथा सुरज पटेलले अविजित ३३ रन बनाए। ओपनर सुधारी चौधरी २ रन तथा हरिशंकर शाह ५ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि हसिम र सुरजले ११८ रनको साझेदारी गर्दै टिमलाई जितसम्म पुर्याएका थिए। हसिमले ७३ बलमा ११ चौका र १ छक्का तथा सुरजले ५० बलमा १ चौका र १ छक्का प्रहार गरे।

Hasim Ansari

कर्णालीको लागि अनुज चुनारा र दिनेश अधिकारीले समान १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको कर्णालीले ३१.५ ओभरमा सबै विकेट गुमाएर १२९ रन बनाएको थियो।

राम्रो सुरुवात गरेको कर्णालीको लागि पहिलो विकेटको रुपमा कप्तान रबिन्द्र जंग शाही र बिपिन रावलले ४१ रनको ओपनिंग साझेदारी गरेका थिए। आठौँ ओभरमा अफ स्पिनर हरि शंकर शाहले १० रन बनाएका रावललाई पेभेलियन फर्काएपछि कर्णालीले लगातार विकेट गुमाएको थियो।  मध्यक्रममा विजय बिस्ट, १, टेक सलामी ५, प्रकाश जैसी १५ तथा दिनेश अधिकारी ३ रन बनाएर आउट भए।

Rabindra Jung Shahi

२० औं ओभरमा रबिन्द्रलाई लेग स्पिनर कुमार थापाले क्याच आउट गराए। अर्धशतक बनाउन चुकेका रबिन्द्रले ६८ बलमा ६ चौका र १ छक्का मदतले ४६ रन बनाए।

दिवान पुनले २३ रन बनाएता पनि तल्लो क्रमका ब्याट्सम्यानहरुले खास योगदान दिन नसक्दा कर्णाली ३२ औं ओभरमा १२९ रनमै समेटिन पुग्यो।

Mehboob Alam

प्रदेश-२ को बलिंगमा कप्तान मेहबुब आलमले सर्वधिक ३ विकेट लिए। देब्रे हाते स्पिन गरेका आलमले ४.५ ओभरमा १ मेडन ओभर गर्दै ११ रन खर्चिए। आदील अन्सारी, हरिशंकर शाहले समान २ विकेट लिए भने कुमार थापाले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच हसिम अन्सारी चुनिए।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]