एमसीसीले पोखरा-११ संग सोमबार खेल्दै, कास्की क्रिकेट संघद्वारा टिमको घोषणा

नेपाल भ्रमणमा रहेको मेरिलेबन क्रिकेट क्लब ( एमसीसी ) ले पोखरामा कार्तिक २५ गते सोमबार र २६ गते मंगलबार दुइ वटा मैत्रीपूर्ण टि-२० खेल्दैछ।

एमसीसीले नेपाल भ्रमण अन्तर्गत काठमाडौँमा नेपाली अन्डर-१९ र नेपाली सिनियर टिमसंग ४ वटा खेलहरु खेलेर पोखरा प्रस्थान गरेको हो। नेपाली यु-१९ टिमलाई ३८ रनले पराजित गरेको एमसीसीले नेपाली सिनियर टिमसंग एकदिवसीयमा ५ विकेटको हार बेहोरेको थियो। त्यसपछि नेपाललाई तिन दिवसीय प्रथम श्रेणी खेलमा २०८ रनले पराजित गरेको एमसीसीले शनिवार सम्पन्न अन्तिम खेलमा नेपाल यु-१९ र सिनियर खेलाडी मिश्रित टिमलाई ११३ रनले पराजित गरेको थियो।

काठमाडौँ भ्रमण पछि एमसीसीले पोखरामा मुख्यमन्त्री-११ तथा पोखरा-११ टिम बिरुद्ध खेल्नेछ। खेल पोखरा क्रिकेट मैदानमा दिउसो १ बजे खेलिनेछ।

टिमको कप्तानी बिधान श्रेष्ठले गर्नेछन्

कार्तिक २५ गते सोमबार एमसीसी र पोखरा-११ बीच खेल हुनेछ। उक्त खेलको लागि कास्की जिल्ला क्रिकेट संघले १४ जना खेलाडीको नाम घोषणा गरिसकेको छ। टिमको कप्तानी बिधान श्रेष्ठले गर्नेछन् भने टिममा रहेका अन्य खेलाडीहरुमा दिपेश खत्री, गोबिन्द प्रधान, अनिल गुरुङ, बिपिन खत्री, अमृत गुरुङ, सुभास भण्डारी, ऋषिकेश शर्मा, अस्विनी राना, मुस्कान थापा, किरण पौडेल, प्रेम गुरुङ, अभिषेक अधिकारी र सबिन श्रेष्ठ रहेका छन्। टिमको प्रशिक्षकमा रिजन प्रजु रहेका छन् भने व्यवस्थापक दुर्गा चन्द रहेका छन्।

यस्तै मुख्यमन्त्रि-११ संघको खेल मंगलबार ९ बजे विहान खेलिनेछ। उक्त खेलको लागि पनि टिमको घोषणा गरिएको छ।

मुख्यमन्त्रि-११ टिमको कप्तानी गोविन्द प्रधान रहेका छन्। टिममा दिपेश खत्री, अनिल गुरुङ, बिपिन खत्री, अमृत गुरुङ, सुभाष भण्डारी, दिपेश श्रेष्ठ, किशोर महतो, मुस्कान थापा, चन्द्रकान्त पौडेल, प्रविन ढकाल, रमेश बस्नेत, विशाल रहेका छन्। टिमको प्रशिक्षकमा रिजन प्रजु तथा व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन्।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]