एमसीसीले पोखरा-११ संग सोमबार खेल्दै, कास्की क्रिकेट संघद्वारा टिमको घोषणा

नेपाल भ्रमणमा रहेको मेरिलेबन क्रिकेट क्लब ( एमसीसी ) ले पोखरामा कार्तिक २५ गते सोमबार र २६ गते मंगलबार दुइ वटा मैत्रीपूर्ण टि-२० खेल्दैछ।

एमसीसीले नेपाल भ्रमण अन्तर्गत काठमाडौँमा नेपाली अन्डर-१९ र नेपाली सिनियर टिमसंग ४ वटा खेलहरु खेलेर पोखरा प्रस्थान गरेको हो। नेपाली यु-१९ टिमलाई ३८ रनले पराजित गरेको एमसीसीले नेपाली सिनियर टिमसंग एकदिवसीयमा ५ विकेटको हार बेहोरेको थियो। त्यसपछि नेपाललाई तिन दिवसीय प्रथम श्रेणी खेलमा २०८ रनले पराजित गरेको एमसीसीले शनिवार सम्पन्न अन्तिम खेलमा नेपाल यु-१९ र सिनियर खेलाडी मिश्रित टिमलाई ११३ रनले पराजित गरेको थियो।

काठमाडौँ भ्रमण पछि एमसीसीले पोखरामा मुख्यमन्त्री-११ तथा पोखरा-११ टिम बिरुद्ध खेल्नेछ। खेल पोखरा क्रिकेट मैदानमा दिउसो १ बजे खेलिनेछ।

टिमको कप्तानी बिधान श्रेष्ठले गर्नेछन्

कार्तिक २५ गते सोमबार एमसीसी र पोखरा-११ बीच खेल हुनेछ। उक्त खेलको लागि कास्की जिल्ला क्रिकेट संघले १४ जना खेलाडीको नाम घोषणा गरिसकेको छ। टिमको कप्तानी बिधान श्रेष्ठले गर्नेछन् भने टिममा रहेका अन्य खेलाडीहरुमा दिपेश खत्री, गोबिन्द प्रधान, अनिल गुरुङ, बिपिन खत्री, अमृत गुरुङ, सुभास भण्डारी, ऋषिकेश शर्मा, अस्विनी राना, मुस्कान थापा, किरण पौडेल, प्रेम गुरुङ, अभिषेक अधिकारी र सबिन श्रेष्ठ रहेका छन्। टिमको प्रशिक्षकमा रिजन प्रजु रहेका छन् भने व्यवस्थापक दुर्गा चन्द रहेका छन्।

यस्तै मुख्यमन्त्रि-११ संघको खेल मंगलबार ९ बजे विहान खेलिनेछ। उक्त खेलको लागि पनि टिमको घोषणा गरिएको छ।

मुख्यमन्त्रि-११ टिमको कप्तानी गोविन्द प्रधान रहेका छन्। टिममा दिपेश खत्री, अनिल गुरुङ, बिपिन खत्री, अमृत गुरुङ, सुभाष भण्डारी, दिपेश श्रेष्ठ, किशोर महतो, मुस्कान थापा, चन्द्रकान्त पौडेल, प्रविन ढकाल, रमेश बस्नेत, विशाल रहेका छन्। टिमको प्रशिक्षकमा रिजन प्रजु तथा व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन्।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy