एमसीसीसंग नेपाली मिश्रित टिमको लज्जास्पद हार

मेरीलेबन क्रिकेट क्लब एमसीसीको नेपाल भ्रमण अन्तर्गत अन्तिम टी-२० खेलमा नेपालको  सिनियर र अन्डर-१९ मिश्रित टोलि ११३ रनको विशाल अन्तरले पराजित भएको छ।

टियु मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिंग गर्दै एमसीसीले दिएको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपाली टिमले १३.१ ओभरमा मात्र ७६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो। ( स्कोरकार्ड )

नेपालको लागि राशिद खानले सर्वाधिक १८ , सन्दिप जोराले १६ , कुशल भुर्तेलले १४, भिम शार्कीले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। सुरुवात देखि विकेट गुमाएको नेपालको विकेट पटक कुनै पनि बेला थामिएन।

एमसीसीको बलिङ्गमा देब्रे हाते स्पिनर एड योङ्गले सर्वाधिक ३ विकेट तथा क्रिस राइट, ओलिभर हानोन र एलेक्स थोम्पसनले समान २/२ विकेट लिए।


यस अघि पहिले ब्याटिंग गर्ने क्रममा एमसीसीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनाएको थियो।

एमसीसीको लागि ओपनर विल गडलेम्यानले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ३० बलमा समान ४/४ चौका/छक्का प्रहार गरे। यस्तै एड योङ्गले ४२, माइल्स ह्यामोन्डले २९ तथा एलेक्स थोम्पसनले अविजित २० रन बनाए।

नेपालको बलिङ्गमा रासिद खानले सर्वाधिक ३ विकेट ( ४-०-२२-३ ) लिए। यस्तै कमल सिंह ऐरि ( ४-०-४८-१ ) , जितेन्द्र मुखिया ( ४-०-५५-१ ) , अभिनाश बोहरा ( ४-०-३६-१ ) र सुशन भारि ( ४-०-१५-१ ) ले समान १/१ विकेट लिए।

नेपाल भ्रमण अन्तर्गत एमसीसीले यस अघि खेलिएको तिन दिवसीय खेलमा २०८ रनको जित हाँसिल गरेको थियो। यस्तै नेपाली यु-१९ टिम बिरुद्ध ओभर खेलमा ३८ रनले विजयी भएको थियो। नेपाली सिनियर टिमले ५० ओभर खेलमा एमसीसीलाई ५ विकेटले पराजित गरेको थियो।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy