एमसीसीसंग मुख्यमन्त्रि-११ मात्र ४ रनले पराजित

इंग्ल्याण्डको मेरिलेबन क्रिकेट क्लब ( एमसीसी ) को नेपाल भ्रमण अन्तर्गत पोखरामा मंगलबार सम्पन्न टि-२० मा एमसीसीले मुख्य मन्त्रि-११ टिमलाई रोमान्चक खेलमा ४ रनले पराजित गरेको छ।

पोखरा भ्रमण अन्तर्गत एमसीसीले सोमबार स्थानीय टिम पोखरा-११ लाई ४२ रनले पराजित गरेको थियो।

पोखरा रंगाशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिंग गर्दै एमसीसीले दिएको १४३ रनको लक्ष्य पछ्याउने क्रममा मुख्य मन्त्रि-११ ले २० ओभर ब्याटिंग गर्दै ७ विकेट गुमाएर १३८ रन बनाए पछि थोरै अन्तरको हार बेहोर्यो।

लक्ष्य पछ्याउने क्रममा स्थानीय टिमका अनिल गुरुङले सर्वाधिक ४० रन बनाए जुन क्रममा ३६ बलमा ८ चौका प्रहार गरे। यस्तै बिशाल पौडेलले अविजित २६, गोभिन्द प्रधानले २४ तथा बिपिन खत्रीले अविजित १६ रन बनाए। बिशालले १४ बलमा २ चौका र २ छक्का तथा बिपिनले १३ बलमा १ चौका र १ छक्का प्रहार गरेता पनि जित दिलाउन सकेनन्।

एमसीसीका देब्रे हाते स्पिनर एड योङ्गले सर्वाधिक ४ विकेट लिंदा ४ ओभरमा मात्र १४ रन खर्चदै जितमा अहम योगदान दिए। टम विस्लेले २ तथा माइल्स ह्यामन्डले १ विकेट लिए।  योङ्गनै खेलको प्लेयर अफ द म्याच चुनिए।

यस अघि टस हारेर ब्याटिंग गरेको एमसीसीले २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनाएको थियो। उसको लागि पुर्व पाकिस्तान राष्ट्रिय क्रिकेटर समेत रहेका यासिर अराफातले सर्वाधिक ५६ रन बनाए। उनले मात्र २८ बलमा ३ चौका र ५ चक्का प्रहार गरे। यस्तै विल भान्डरस्परले २०, एड योङ्गले २० तथा ओलिभन हानोनले १७ रन बनाए।

मुख्य मन्त्रि-११ को बलिङ्गमा बिशाल पौडेल, अमृत गुरुङ, सुबास भण्डारी, किशोर महतो, बिपिन खत्री र दिपेश श्रेष्ठले समान १/१ विकेट लिए।

एमसीसीले नेपाल भ्रमण अन्तर्गत काठमाडौँमा नेपाली अन्डर-१९ र नेपाली सिनियर टिमसंग ४ वटा खेलहरु खेलेर पोखरा प्रस्थान गरेको हो। नेपाली यु-१९ टिमलाई ३८ रनले पराजित गरेको एमसीसीले नेपाली सिनियर टिमसंग एकदिवसीयमा ५ विकेटको हार बेहोरेको थियो। त्यसपछि नेपाललाई तिन दिवसीय प्रथम श्रेणी खेलमा २०८ रनले पराजित गरेको एमसीसीले शनिवार सम्पन्न अन्तिम खेलमा नेपाल यु-१९ र सिनियर खेलाडी मिश्रित टिमलाई ११३ रनले पराजित गरेको थियो।

पोखरामा २ वटा खेल पछि एमसिसीले पोखरा स्थित केही विद्यालयहरुमा पुगेर क्रिकेट खेलको प्रचार समेत गर्ने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

मुख्य मन्त्रि ११ को टिम व्यवस्थापन सम्हालेका चन्द्र गुरुङ (जिम्मी)ले टिमले उत्कृष्ट रुपमा जवाफी व्याटिङ गरेको प्रतिक्रिया दिए । उनले ‘हाम्रा बलर समेत हामी उत्कृष्ट छौं भन्ने प्रदर्शित गरे तर अन्तिम दुई ओभरमा एमसीसीले रन जोड्न सफल भयो, हाम्रो टारगेट १२० रनमा रोक्ने थियो तर सफल भएनौ र झिने रनले हार्यौं ।’





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]