टेस्ट राष्ट्र आयरल्याण्ड बिरुद्ध ऐतिहासिक जितबाट १३ रनले चुक्यो नेपाल , हार पछि नेपाल अंकतालिकामा तेश्रो

ओमानमा जारि ५ देश सम्मिलित टि-२० सिरिज अन्तर्गत नेपालले टेस्ट रास्ट्र आयरल्याण्डसंग १३ रनको हार बेहोरेको छ।

आयरल्याण्डले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १३२ रन मात्र बनाउन सकेपछि टेस्ट राष्ट्र बिरुद्ध पहिलो ऐतिहासिक जित हात पार्ने नेपालको चाहना पुरा हुन पाएन।

हार पछि नेपाल अंकतालिकाको तेश्रो स्थानमा झरेको छ। यस अघि हंगकंग र नेदरल्याण्डलाई पराजित गरेको नेपालले ३ खेलमा २ जित र १ हार पछि ४ अंक रहेको छ। आयरल्याण्ड भने ४ खेलमा ३ जित र १ हार सहित ६ अंक बटुल्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ। दोश्रो स्थानमा ओमान दुवै खेलमा जित सहित ४ अंक सहित नेपाल भन्दा नेट रनरेटमा अघि रहेको छ। नेदरल्याण्ड र हंगकंगले जित हाँसिल गर्न सकेका छैनन्।

अँकतालिका 

नेपालले आफ्नो अन्तिम खेल बिहिबार आयोजक ओमान बिरुद्ध खेल्नेछ। खेल नेपाली समय ३:१५ बजे दिउसो सुरु हुनेछ। नेपालले ओमानलाई भोलि ठुलो अन्तरले पराजित गरे अंकतालिकामा आयरल्याण्डलाई पछि पार्दै सिरिज जित्ने सम्भावना कायमै राख्न सक्छ। ओमानले नेपाललाई पराजित गरे ओमानले सिरिज जित्ने लगभग पक्का हुनेछ।

१३ रनले चुक्यो नेपाल 

लक्ष्य पछ्याउने क्रममा नेपालको लागि ओपनर पारस खड्का र इशान पाण्डेले पहिलो विकेटको लागि ३५ रनको साझेदारी गरे। आक्रामक सुरुवात गरेका पारस पाँचौ ओभरमा मार्क एडीरको बलमा क्याच आउट भए जसले १४ बलमा २ चौका र २ छक्का मदतले २५ रन बनाए।

पारसको विकेट पछि इशान र आरिफ शेख बीच दोश्रो विकेटको लागि ३८ रनको साझेदारी भयो। ३० बलमा ३ चौका मदतले २२ रन बनाएका इशान दशौँ ओभरमा क्याच आउट भए। त्यसपछि दिपेन्द्र ऐरी १९ रन बनाएर डकरेलबाट कट एण्ड बोल्ड भए।

देब्रे हाते स्पिनर डकरेलले ३ विकेट लिए

ऐरीको विकेट पछि आएका बिनोद भण्डारी १ रन बनाएर रन आउट भए। त्यसपछि आरिफ शेख पनि २६ रन बनाएर क्याच आउट भए। आरिफले २६ बलमा २ चौका प्रहार गरे। सोमपाल कामि पनि मात्र ७ रन बनाएर क्याच आउट हुन पुग्दा आयरल्याण्ड खेलमा हावी भयो। सन्दिप जोरा पनि मात्र २ रन बनाएर आउट भए।

१००/३ को अवस्थाबाट नेपाली टिम ११६/८ को अवस्थामा पुग्यो। अन्तिम ओभरमा नेपाललाई जितको लागि २५ रन आवस्यक रहंदा स्ट्राइकमा रहेका करन केसीले पहिलो बलमा छक्का तथा दोश्रो बलमा चौका प्रहार गर्दै खेलमा रोमान्चकता प्रदान गरेका थिए। तर तेश्रो बलमा उनलाई मार्क अडेरले क्याच आउट गराउदै नेपालको सम्भावना समाप्त गरे।

नेपालले १९.५ ओभरमा १३२ रनमा सबै विकेट गुमाउन पुग्यो।

आयरल्याण्डको बलिंगमा मार्क अडेर ( ३.५-०-२२-३ ) र जर्ज डकरेलले ( ४-०-२३-३ ) समान ३/३ विकेट लिए। यस्तै गेराथ डेलानीले २ ( ४-०-३०-२ ) विकेट लिंदा दुइ नेपाली ब्याट्सम्यान रनआउट हुनपुगे।

करन केसीले अन्तिम ओभरमा जिताउने प्रयास गरेता पनि सफल हुन सकेनन्

आयरल्याण्डको इनिंग 

यस अघि टस जितेर पहिले ब्याटिंग रोजेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको थियो।

आयरल्याण्डले ओपनर केभिन ओ ब्रायनलाई दोश्रो ओभरमा गुमाउन पुग्यो। ५ रन बनाएका उनलाई सन्दिप लामिछानेले क्याच आउट गराए।

दोश्रो विकेटको लागि अर्का ओपनर पल स्टरलिंगले एन्डी बाल्बर्नीसंग ८६ रनको साझेदारी गरे। २८ बलमा ५ चौका र १ छक्का मदतले ३८ रन बनाएका बालबर्नीलाई १२ औं ओभरमा ललित राजबंशीले स्टम्पिंग गराउदै नेपाललाई खेलमा फर्काए।

त्यसपछि भने आयरल्याण्डले लगातार विकेट गुमाउन पुग्यो। १२ औं ओभरमा मात्र १ रन बनाएका ह्यारी टेक्टलाई दिपेन्द्र ऐरीले रन आउट गरे। अविनाश बोहराले कप्तान ग्यारी विल्सनलाई ( ६ रन ) एलबिडब्लु धरापमा पारे। १६ औं ओभरमा मार्क अडेरलाई खाता नखोल्दै करन केसीले रन आउट गरे। लगत्तै पल स्टरलिंग पनि ठुलो सट खेल्ने चक्करमा क्याच आउट भए। उनले ४७ बलमा ६ चौका र २ छक्का मदतले ५९ रन बनाए।

Paul Stirling

९५/१ को स्थितिबाट आयरल्याण्ड ११३/६ को स्थितिमा पुग्यो। त्यसपछि पनि आयरल्याण्डको विकेट जाने क्रम रोकिएन। अन्तिम ओभरमा नवौं नम्बरका ब्याट्सम्यान स्टुवार्ट थम्पसनले ११ बलमा २ छक्का मदतले २१ रन बनाउदा उसले २० ओभरमा ८ विकेट गुमाएर १४५ रनको योगफल तयार गर्न सक्यो।

नेपालको बलिंगमा सन्दिप लामिछाने ( ४-०-२१-२ ) , अविनाश बोहरा ( ४-०-२२-२ ) ले समान २/२ विकेट लिए। यस्तै ललित राजबंशी ( ४-०-२३-१ ) र करन केसीले ( ४-०-३८-१ ) १/१ विकेट लिए। सोमपाल कामि ३-०-२५-० ) र पारस खड्का ( १-०-१२-० ) विकेटविहिन रहे। आयरल्याण्डका २ जना ब्याट्सम्यान रन आउट भए।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]