ओमानलाई पराजित गरि युएई एसिया कपमा

काठमाडौं । कप्तान मोहम्मद वासिमको शतकको सहयोगमा ओमानलाई पराजित गर्दै युएईले २०२५ को एसीया कपमा स्थान बनाएको छ ।

घरेलु टोली ओमानलाई आइतबार भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा ओमानलाई ५५ रनले पराजित गर्दै युएईले उपाधि जितेको हो।

यूएईले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन मात्रै बनाउन सक्यो।

ओमानका लागि प्रतिक आठवलेले ३० बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ४९ रन बनाए । खालिद कैल ३०, जिशान मक्सूद १४ र रफिउल्लाह ११ रनमा आउट हुँदा फैय्यज बट २३ रनमा अविजित रहे।

युएईका जुनैद सिद्दिकीले तीन तथा मोहम्मद फारुख र आयान अफजल खानले समान दुई दुई विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो ।

युएईका कप्तान वसिमले ५६ बलमा ६ चौका र ७ छक्काको सहयोगमा १०० रन बनाए । अलिशान शराफु ३४ र विष्णु सुकुमारन १८ रन बनाए ।

ओमानका बिलाल खानले दुई तथा शकील अहमद र जिशान मक्शूदको नाममा समान एक एक विकेट रह्यो।





थप समाचार

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]