कतारमा पनि टि-१० लिग आयोजना हुने, एसोसिएट राष्ट्रका खेलाडीले मौका पाउने

दोहा, कतार क्रिकेट एसोसिएसनले पनि आगामी महिना टि-१० क्रिकेट लिगको आयोजना गर्ने भएको छ। ‘कतार टि-१० लिग’ नामक प्रतियोगिता डिसेम्बर ६ देखि सुरु गरिनेछ जसलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले मान्यता दिईसकेको छ।

६ वटा टिम सहभागी हुने लिगमा कतारका क्रिकेटर बाहेक अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका खेलाडी तथा एसोसिएट राष्ट्रको खेलाडीहरुलाई समावेस गरिने बताईएको छ।

कतार क्रिकेटले यसै साता प्रतियोगिता आयोजना बारे अधिकारिक घोषणा गरेको हो। १२ दिन सम्म चल्ने प्रतियोगिताको लागि प्रायोजक खोज्ने तयारी कतारले गरिसकेको छ। प्रतियोगितालाई उचाइ दिन पाकिस्तान पुर्व स्टार क्रिकेटर शहिद अफ्रिदीलाई ब्राण्ड एम्बासडर बनाइनेछ।

शहिद अफ्रिदी प्रतियोगिताको ब्राण्ड एम्बासडर हुनेछन्

“प्रारम्भिक योजना अनुसार हामीले हाल ६ वटा टिम समावेस गर्नेछौँ। हामिले अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका जो वर्तमान रुपमा सक्रिय नभएको पनि हुन सक्छन त्यस्ता क्रिकेटरलाई समावेस गर्ने योजनामा छौँ। यो सुरुवातले हाम्रो क्रिकेटलाई अर्को स्तरमा लैजाने विश्वास लिएका छौँ।” कतार क्रिकेटका प्रमुख योसेफ जेहाम अल कुमारीले प्रेस बिज्ञप्तिमा बताएका छन्।

“हामि गौरवान्वित छौ कि आईसीसीले यो लिगलाई मान्यता दिएको छ। यसले हाम्रो देशको खेलकुदलाई अन्तर्राष्ट्रिय एरिनामा लैजानेछ”

“नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश जस्ता देशका प्रवाशीहरुमा क्रिकेट प्रति निकै लगाव रहेको छ। उनिहरु १ दिन मात्र बिदा हुँदा पनि क्रिकेट खेल्ने गर्छन्। उनीहरु साधारण कामदार हुन् या डक्टर सबै क्रिकेट खेल्न ठाउँ बनाउने गर्छन्। उनीहरुको लगाबको म सम्मान गर्छु।”

“अहिले हामीले हाम्रो स्तर ठुला देशसंग तुलना गर्ने खालको छैन तर हाम्रो सिनियर टिमले राम्रो गरिरहेको छ। टि-२० विश्वकप छनौटमा हामीले दुर्भाग्यपूर्ण तरिकाले हार्यौं तर नेपाललाई भने पराजित गर्न सफल रह्यौ। नेपाल हामि भन्दा निकै माथिको वरियता भएको टिम हो जसलाई हामीले पराजित गर्यौं।”

कतार क्रिकेटका प्रमुख योसेफ जेहाम अल कुमारी

कतार टि-१० लिगको आयोजना एसियन टाउन अन्तर्राष्ट्रिय स्टेडियममा गरिनेछ। कतार क्रिकेटले लिगको खेलहरु प्रत्यक्ष हेर्न ठुलो संख्यामा दर्शकहरु आउने अपेक्षा गरेको छ।

टि-१० लिगको सुरुवात युएईले गरेको हो जसले २०१७ देखि यसको आयोजना गर्दै आएको छ। लिगमा विश्वभरबाट अन्तर्राष्ट्रिय क्रिकेटरहरु खेलीरहेका छन्। टि-१० फर्म्याट छोटो र ब्याट्सम्यानहरुको विस्फोटक ब्याटिंग हेर्न पाइने हुँदा लोकप्रियता हाँसिल गरिरहेको छ। युएईमा जारि लिगमा नेपाली लेग स्पिनर सन्दिप लामिछाने र नेपाली टिमका पुर्व कप्तान तथा अल-राउण्डर पारस खड्का पनि सहभागी रहेका छन्।

कतारले पनि टि-१० लिग आयोजना गर्दा नेपाली क्रिकेटरहरुले मौका पाउने सम्भावना प्रवल रहन्छ। कतारमा ठुलो संख्यामा रहेको नेपालीहरुलाई आकर्षित गर्न पनि नेपाली खेलाडीले मौका पाउन सक्नेछन्। हाल विदेशी लिगहरुले नेपालको समर्थकहरुलाई आकर्षित गर्न पनि नेपाली खेलाडी लिने प्रचलन सुरु भएको छ। पारस खड्कालाई टि-१० लिगमा लिनुको कारण पनि त्यसैलाई मानिएको छ।





थप समाचार

बागमतीविरुद्ध मधेश ४ विकेटले विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियाेगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा मधेश प्रदेशसँग बागमती प्रदेश ४ विकेटले पराजित […]

आर्मीले पुलिसलाई हरायो

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई […]

कोलकाताको पहिलो जित

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइटराइडर्सले पहिलो जित दर्ता गरेको छ। बुधवार सम्पन्न खेलमा पहिलो जित हासिल […]

पञ्जाबकाे सुखद् सुरुआत

काठमाडौं। पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सुखद् सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा पञ्जाबले गुजरात टाइटन्सलाई ११ रनले […]

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]