कमल बहादुर अधिकारीले बोक्ने भए साग उद्घाटनमा नेपालको झन्डा

१३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत मार्च पासमा नेपालको झन्डा भारत्तोलनका खेलाडी कमल बहादुर अधिकारीले बोक्ने भएका छन्।

यस अघि नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्कालाई सागको प्राविधिक समितिले झन्डा बोक्नको लागि सिफारिस गरेको थियो। उक्त निर्णयलाई समारोह समितिले पारित समेत गरेको थियो। कमल बहादुर अधिकारीको नाम बैकल्पिकमा रहेको थियो। तर अन्तिम समयमा नेपाल ओलम्पिक कमिटिले कमल अधिकारीलाई झन्डा बोक्न दिईने निर्णय भएको छ।

ओलम्पिक कमिटिले अधिकारीलाई अन्तर्राष्ट्रिय पदक जितेको, अनुभवी तथा ओलम्पिकमा समेत सहभागिता जनाएको कारण झन्डा बोक्न दिने भएको हो।

“नेपाली टिमको सहभागी खेलाडीहरु मध्य खेल अनुभव अन्तर्राष्ट्रिय पदक र ओलम्पिक खेलमा समेत सहभगिता जनाईसकेको आधारमा उत्कृस्ट खेलाडी भारोत्तोलन खेलका श्री कमल अधिकारी भएको हुँदा उद्घाटन समारोहमा नेपालको राष्ट्रिय झन्डा वहाँले समात्ने व्यहोरा सहर्ष जानकारी गराउदछु।” नेपाल ओलम्पिक कमिटि द्वारा शनिवार जारि प्रेस बिज्ञप्तिमा उल्लेख छ।

कमल अधिकारीले श्रीलंकामा सम्पन्न १० औं सागमा स्वर्ण पदक जितेका थिए। नवौं साग देखि उनले १२ औं बाहेक सबै सागमा सहभगिता जनाएका छन्। चौथो पटक सागमा उनि सहभागी हुँदैछन्।

कमल अधिकारीले श्रीलंकामा सम्पन्न १० औं सागमा स्वर्ण पदक जितेका थिए।

सागको उद्घाटनमा ओलम्पिक टर्च कीर्तिमानी तेक्वान्दो खेलाडी दिपक विस्टले बाल्नेछन् भने खेलाडीको तर्फबाट सपथ तेक्वान्दो खेलाडी आयषा शाक्यले लिनेछिन्।

१३ औं सागको उद्घाटन आइतबार दशरथ रंगशालामा हुँदैछ् जसको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। उद्घाटन समारोह ३ घण्टा १४ मिनेट हुनेछ।

सागको खेलहरु काठमाडौँ, पोखरा र जनकपुरमा आयोजना हुँदैछन्। कुल २८ खेल मध्ये ८ वटा खेल पोखरामा तथा एउटा खेल जनकपुरमा खेलिनेछ र बाँकी खेल काठमाडौँमा खेलिनेछ।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]