करनले उत्कृस्ट बलिंग गर्दा बुटवल ८४ रनमै समेटियो, चितवनको विशाल जित

पोखरा प्रिमियर लिग ( पिपिएल ) टि-२० अन्तर्गत पारस खड्का कप्तानीको टिम चितवन राइनोजले लगातार दोश्रो जीत दर्ता गर्ने क्रममा सोमपाल कामि कप्तानीको बुटवल ब्लास्टर्सलाई ११९ रनको विशाल अन्तरले पराजित गरेको छ।

चितवनले पहिलो खेलमा डिफेन्डिङ च्यापियन पोखरा पल्टनलाई पराजित गरेको थियो। पहिलो खेलमा काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा पराजित गरेको बुटवलले दोश्रो खेलमा पहिलो हार बेहोर्यो।

जितपछि चितवन मात्र लिगमा हालसम्म अपराजित टिम रहेको छ। चितवनको ४ अंक रहंदा अन्य सबै ५ टिमको समान २ अंक रहेको छ। सबै भन्दा कम नेट रन रेट सहित बुटवल हार पछि अंकतालिकाको पुछारमा पुगेको छ।

पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै चितवनले दिएको २०४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बुटवलले १८.४ ओभरमा सबै विकेट गुमाएर ८४ रन मात्र बनाउन सक्यो।

सुरुवात देखि विकेट गुमाएको बुटवलको लागि शिभम सिंह ले सर्वाधिक ३३, भिम शार्कीले २१ तथा हरि बहादुर चौहानले १२ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। अफ्ताबुद्दीन एहमद २ रन, शंकर राना ५ रन, हर्ष टन्क १ रन, कप्तान सोमपाल कामि ३ रन, शेर मल्ल २ रन बनाएर आउट भए।

करन केसीले ४ विकेट लिए

बुटवललाई सस्तोमा समेट्न चितवनका बलर करन केसीले ४ विकेट लिए। उनले ३.४ ओभरमा ११ रन खर्चिए। यस्तै रोहन मुस्तफाले २ विकेट ९ ३-०-५-२ ) , सन्नी पटेल, भुवन कार्की, बिक्रम सोब र बिक्रम भुसालले समान १/१ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २०३ रन बनाएको थियो।

चितवनको लागि युएईका खेलाडी रोहन मुस्तफाले सर्वाधिक ७० रन बनाए। अविजित इनिंग खेलेका मुस्तफाले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यस्तै कप्तान खड्काले ४० बलमा ६ चौका र २ छक्का मदतले ६३ रन बनाए। आरिफ शेखले १९ बलमा ३ चौका र ३ छक्का मदतले ४० रन बनाए। सन्नी पटेल ४ रनमा अविजित रहंदा अघिल्लो खेलका प्लेयर अफ द म्याच बाबर हायात १ रनमा आउट भए।

उत्कृस्ट सुरुवात गर्ने क्रममा चिवनको लागि ओपनर रोहन मुस्तफा र पारस खड्काले ११.३ ओभरमा ११७ रनको ओपनिंग साझेदारी गरेका थिए। पारसलाई अफ्ताबुद्दीन एहमदले क्याच आउट गराएपछि बाबर हायातलाई पनि एहमदले लगत्तै पेभिलियन फर्काए।

तेश्रो विकेटको लागि मुस्तफाले आरिफ शेखसंग ६९ रनको साझेदारी गरे। आरिफ २० औं ओभरमा अविनाश बोहराबाट क्याच आउट भए।

बुटवलको बलिङ्गमा भारतीय क्रिकेटर अफ्ताबुद्दीन एहमदले २ विकेट लिए। अविनाश बोहराले १ विकेट लिए जसको लागि ४ ओभरमा ४० रन खर्चिए।

प्रतियोगिता अन्तर्गत यस अघि बुटवल र चितवनले खेलेको १/१ खेलमा जित हाँसिल गरिसकेका छन्। बुटवलले काठमाडौँ गोल्डेनलाई सुपर ओभरमा पराजित गरेको थियो। यस्तै चितवनले पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]