कर्पोरेट सुपर सिक्सेजलाई माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन

२०७६ कार्तिक ५, मंगलवार १७:०८

एसएस इभेन्ट्सले आयोजना गर्ने कर्पोरेट सुपर सिक्सेज क्रिकेट प्रतियोगिताको छैठौं संस्करणको मुख्य प्रायोजन माछापुच्छ्रे बैंक लिमिटेडले गर्ने भएको छ।

‘कर्पोरेट सुपर सिक्सेस’ नेपाली कर्पोरेट क्षेत्रकै सबैभन्दा स्तरीय र नियमित आयोजना हुने एक मात्र क्रिकेट प्रतियोगिता रहेको छ। प्रतियोगिताको छैठौं संस्करणको आयोजना डिसेम्बर १८ देखि २३ सम्म आयोजना हुँदैछ।

काठमाडौँमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटी र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो। हस्ताक्षर पछि अब प्रतियोगिताको नाम “माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस” हुनेछ। मुख्य प्रायोजक बापत प्रायोजन रकम रु. १५ लाख रहेको छ।

सम्झौता कार्यक्रम पछि बोल्दै माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत श्री सुमन शर्माले कर्पोरेट क्षेत्रमा कार्यरत कर्मचारीहरुको दैनिक कामकाजको साथसाथमा खेलकुदप्रतिको रुचिलाई मध्यजनर गर्दै बैंकले यो प्रतियोगिता प्रायोजन गर्न लागेको जानकारी गराउनुभयो। साथै उँहाले पूर्वमा झापादेखि पश्चिममा महाकाली सम्म २७१ भन्दा बढि सेवा सञ्जाल मार्फत आम नागरिकको घरदैलोमा पुगेर सेवा गरिरहेको माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिग सेवा मात्र नभएर अन्य थुपै कार्यहरुमा सहभागिता जनाउदै आएको बताउदै खेलकुद क्षेत्र जहिले पनि बैंकको प्राथमिकतामा रहने जनाउनुभयो। शर्माले यो वर्षको माछापुच्छ्रे बैंक Corporate Super Sixes “Season- 6” कर्पोरेट क्षेत्रको मात्र नभएर मात्र नभएर देशकै एउटा क्रिकेट उत्सवको रुपमा मनाउने तयारी रहेको बताउनुभयो।

यस्तै आयोजक एसएस इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत रमन शिवाकोटीले प्रतियोगिताको मुख्य प्रायोजन गरेकोमा माछापुच्छ्रे बैंकलाई धन्यवाद दिंदै बैंक र इभेन्ट्स बीचको साझेदारीले प्रतियोगितालाई अझ उचाईमा पुर्याउने बताउनु भयो।

कर्पोरेट सुपर सिक्सेसको गत वर्ष उपाधि सेन्चुरी बैंकले जितेको थियो। प्रतियोगिताको पहिलो र चौथो सिजनको उपाधि सिभिल बैंकले जितेको थियो भने दोश्रो सिजन सिप्रदी ट्रेडिंगले तथा तेश्रो र पाँचौ सीजनको उपाधि सेन्चुरी बैंकले हात पारेको थियो।

डिफेन्डिङ च्याम्पियन सेन्चुरी बैंक

त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा कुल २४ कर्पोरेट टिमहरुको सहभागिता रहनेछ। कुल ४० लाख बजेट रहने प्रतियोगिताका खेलहरु ५/५ ओभरको हुनेछ।आयोजकले प्रतियोगिताको सबै खेलहरु प्रत्यक्ष प्रशारण गर्ने बताएको छ।

प्रतियोगिताको विजेता टिमलाई अघिल्लो वर्ष जस्तै बिभिन्न आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरिएको आयोजकले बताएको छ। खेल आयोजना अवधिभर मैदानमा बिभिन्न मनोरञ्जनको समेत व्यवस्था हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy