कर्माचार्यको कप्तानीमा बागमतीको टोली घोषणा

२०८१ बैशाख २६, बुधबार २०:४६

काठमाडौं । आगामी शनिबारबाट सुरु हुने ललितपुर मेयर्स कपका लागि बागमती प्रदेशले आफ्नो टोली घोषणा गरेको छ ।

बुधबार बागमती प्रदेश क्रिकेट संघले अस्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

बैशाख २९ आयोजक ललितपुर मेयर्स एघारसँग खेल्दै बागमतीले प्रतियोगिताको सुरुआत गर्ने छ ।

प्रतियोगितामा गत वर्ष सम्पन्न महिला प्रधानमन्त्री कपका शीर्ष चार टोली तथा आयोजक ललितपुर मेयर्स एघारको गरि पाँच टोलीको सहभागीता रहेको छ ।

राउन्ड रोविन लिगमा हुने यस प्रतियोगिताको शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ ।

बागमतीको टोली

May be an image of ‎text that says '‎f @CRICKETBAGMATI امر BAGMATI WOMEN SQUAD ANNOUNCEMENT ASHMINA KARMACHARYA (ር] SONY PAKHRIN BIPISHA SHAHI KHUSHI DANGOL KRISHMA GURUNG SANSKRITI PHUYAL YASHU PANDEY KANCHAN SHRESTHA YASHODHA BIST HELISHA GURUNG MANISHA UPADHAYAYA SALINA SILWAL PUJA SAUD SUJITA THAPA COACH COACH-NEERARAJOPADHYAY NEERA RAJOPADHYAY MANAGER AMRITA POUDEL #CRICKETBAGMATI #NEPALCRICKET‎'‎

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy