काठमाण्डौले टस जितेर फिल्डिंग गर्ने

वुमन्स च्याम्पियन्स लिग अन्तर्गत फाइनल खेलमा क्याट क्विन्स काठमाण्डौले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेको छ । उसले उपाधीका लागि चितवन राइनोजको सामना गर्दैछ ।

काठमाण्डौकी कप्तान रुबिना क्षेत्रीले टस जितेर पहिले फिल्डिंग गर्ने घोषणा गरेपछि इन्दु बर्माको कप्तानीमा रहेको चितवन राइनोजले पहिले ब्याटिंग गर्ने भएको छ ।

काठमाण्डौले लिग चरणमा चितवन राइनोजसंग पराजित भएपनि अन्य सबै खेल जितेको थियो । उसले सेमीफाइनलमा बिराटनगर टाइटन्सलाई पराजित गर्दै फाइनलको यात्रा गरेको हो । चितवनले भने लिग चरणमा अपराजित रहँदै सिधै फाइनल प्रवेश गरेको हो ।

काठमाण्डौ: काजोल श्रेष्ठ, कन्चन श्रेष्ठ, ऋतु कनौजिया, इन्दु बर्मा (कप्तान), सुमन खतिवडा, प्यारी चौधरी, रेखा रावल, सन्तोषी चौधरी, निग्मा तामाङ्ग, कबिता गौतम, खुसी डंगोल, सरस्वती पुन, सावित्र जिसी, अस्मिता खरेल, संजु लामा

चितवन: रुबिना क्षेत्री (कप्तान), रोमा थापा, अप्सरी बेगम, नितु भण्डारी, शोभा आले, ममता थापा, इश्वरी बिस्ट, संगीता राई, सरस्वती कुमारी, सुमन बिस्ट, लक्ष्मी साउद, रश्मी शर्मा, मनीषा राना

Manoj Ghimire

Manoj Ghimire is a Senior Correspondent at wicketnepal.com. He is an Information and Technology student following cricket from last nine years. He can be followed on Twitter.

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy