कोरोना महामारी : टि-२० विश्वकप रोकिने सम्भावना, यस्ता छन् आईसीसी सामु ३ बिकल्प

अस्ट्रेलियामा अक्टोबर-नोभेम्बरमा आयोजना हुने टि-२० विश्वकप आयोजनामा कोभिड-१९ महामारीको कारण संशय छाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले विश्वकपलाई २०२२ सम्म सार्नेमा विचार गर्ने भएको छ।

आईसीसीको बोर्ड सदस्यहरु बीच मे २८ मा बैठक हुँदैछ। बोर्डका एक सदस्यले आईसीसीले प्रतियोगिता आयोजना रोक्नेमा विचार गर्ने बताएका छन्। बोर्ड सदस्यका अनुसार क्रिकेट अस्ट्रेलियाले पनि यो प्रस्ताबलाई समर्थन गर्ने सम्भावना छ।

“हामिसंग तिन वटा बिकल्पहरु रहेका छन्। एउटा १४ दिनको आइसोलेसन पछि टि-२० विश्वकप आयोजना जसमा दर्शकको अनुमति छ। दोश्रो बिकल्प म्याच खालि स्टेडियममा गर्ने हो। तेश्रो बिकल्प २०२२ मा प्रतियोगिता आयोजना गर्नु हो।” बोर्ड सदस्यले प्रेस ट्रस्ट अफ इन्डियालाई गोपनियताको शर्तमा बताए।

“आईसीसीलाइ वित्तीय समस्याको सामना गर्न पर्ने हुन सक्छ तर यो अकल्पनीय समस्या हो। यदी २०२२ मा प्रतियोगिता भयो भने खास घाटा हुने छैन।”

टि-२० विश्वकप रोकिए इन्डियन प्रिमियर लिग ( आईपीएल  ) हुने सम्भावना बढ्ने छ। यदी कोरोना महामारी थामिए आईपिएल आयोजना हुनसक्छ। अहिले अनिश्चितकालको लागि प्रतियोगिता सारिएको छ।





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]