कोरोना महामारी बीच इंग्ल्याण्डले अभ्यास सुरु गर्दै, ५५ खेलाडी बन्दसत्रमा

कोरोना महामारीको बीच इंग्ल्यान्ड क्रिकेट बोर्डले खेलाडीहरुको अभ्यास सुरु गर्ने भएको छ।

शुक्रबार ५५ खेलाडी सम्मिलित गर्दै इंग्ल्याण्डले बन्दसत्रको लागि प्रारम्भिक टिम घोषणा गरेको हो। टिममा १४ जना अन-क्याप्ड खेलाडीहरु रहेका छन्। अभ्यास सोमबार देखि सुरु हुनेछ। इंग्ल्याण्ड बलरहरुले भने गत हफ्ता देखि अभ्यास सुरु गरेका थिए।

यो सिजन इंगलिस टिमले वेस्टइन्डिज, पाकिस्तान, आयरल्याण्ड, अस्ट्रेलिया बिरुद्ध टेस्ट तथा सिमित ओभरको सिरिज खेल्नेछ। वेस्टइन्डिजसंग जुलाई ८ बाट इंग्ल्यान्डले तिन वटा टेस्टको सिरिज खेल्ने पक्का जसो छ। इंग्ल्यान्ड बोर्ड सरकारको अनुमतिको पर्खाइमा रहेको छ।

खेलाडीहरुले एकै ठाउँमा नभई फरक ४ स्थानमा अभ्यास गर्नेछन्।

“अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किने उद्देश्य हाम्रो हो जसको लागि प्रारम्भिक टिम घोषणा गरेर त्यसको नजिक पुगेका छौँ। हामि मेडिकल टिमसंग नजिक रहेर तथा सरकारलाई अभ्यास नियमसंगत रहेको ढुक्क बनाएर गतिविधि गर्नेछौँ” इंग्ल्याण्ड बोर्डका प्रदर्शन निर्देशक मो बोबाटले बताए।

टिममा पोखरा प्रिमियर लिगको पहिलो संस्करणमा धनगढी ब्लुजको प्रतिनिधित्व गरेका ड्यान लरेन्सले पनि स्थान बनाएका छन्। २२ वर्षीय लरेन्सले इंग्ल्याण्ड यु-१९ टिम तथा इंग्ल्यान्ड लायन्स टिमको लागि खेलीसकेका छन् भने एसेक्सको लागि काउन्टी क्रिकेट खेल्ने गर्छन्।

Dan Lawrence

घोषित टिममा एलेक्स हेल्स र लियाम प्लंकेटलाई भने सामेल गरिएको छैन। हेल्सलाई प्रतिबन्धित पदार्थको जांचमा पोजेटिभ पाइएको थियो जसपछि विश्वकप अघि बाहिर गरिएको थियो। इंग्ल्याण्ड कप्तान ओएन मोर्गनले हेल्स प्रति टिमले विश्वास हाँसल गर्न अझै समय लाग्ने बताएका थिए। प्लंकेट विश्वकप फाइनलमा न्युजिल्यान्ड बिरुद्ध ३ विकेट लिएपछि इंग्ल्यान्डको लागि खेलेका छैनन्।

इंग्ल्याण्ड महिला टिम २२ जुन देखि अभ्यासमा फर्किनेछ जसले भारत र दक्षिण अफ्रीकासंग सिरिज खेल्ने पहल भइरहेको छ।

इंग्ल्यान्डको घरेलु क्रिकेट सिजन कोरोनाको कारण अझै सुरु हुन सकेको छैन र अगस्ट सम्मको लागि सारिएको छ।

घोषित टिम 

Batsmen and wicketkeepers: Jonny Bairstow (Yorkshire), Tom Banton (Somerset), Sam Billings (Kent), James Bracey (Gloucestershire), Rory Burns (Surrey), Jos Buttler (Lancashire), Zak Crawley (Kent), Joe Denly (Kent), Ben Duckett (Nottinghamshire), Laurie Evans (Sussex), Ben Foakes (Surrey), Sam Hain (Warwickshire), Will Jacks (Surrey), Keaton Jennings (Lancashire), Tom Kohler-Cadmore (Yorkshire), Dan Lawrence (Essex), Liam Livingstone (Lancashire), Dawid Malan (Yorkshire), Eoin Morgan (Middlesex), Ollie Pope (Surrey), Joe Root (Yorkshire), Jason Roy (Surrey), Phil Salt (Sussex), Dom Sibley (Warwickshire), James Vince (Hampshire)

Fast bowlers (including all-rounders): James Anderson (Lancashire), Jofra Archer (Sussex), Stuart Broad (Nottinghamshire), Henry Brookes (Warwickshire), Pat Brown (Worcestershire), Brydon Carse (Durham), Sam Curran (Surrey), Tom Curran (Surrey), Richard Gleeson (Lancashire), Lewis Gregory (Somerset), Tom Helm (Middlesex), Chris Jordan (Sussex), Saqib Mahmood (Lancashire), Craig Overton (Somerset), Jamie Overton (Somerset), Ollie Robinson (Sussex), Ben Stokes (Durham), Olly Stone (Warwickshire), Reece Topley (Surrey), David Willey (Yorkshire), Chris Woakes (Warwickshire), Mark Wood (Durham)

Spin bowlers (including all-rounders): Moeen Ali (Worcestershire), Dom Bess (Somerset), Mason Crane (Hampshire), Liam Dawson (Hampshire), Jack Leach (Somerset), Matt Parkinson (Lancashire), Adil Rashid (Yorkshire), Amar Virdi (Surrey)

आफ्नो खर्चमा प्लेन चार्टर्ड गरेर वेस्टइन्डिज टिम ल्याउने इंग्ल्याण्डको योजना, यसरी हुनेछ खेल

इंग्ल्याण्ड राष्ट्रिय टिमले वेस्टइन्डिजसंग तिन वटा टेस्टको सिरिज ८ जुलाईबाट खेल्ने लगभग तय भएको छ। वेस्टइन्डिजले इंग्ल्याण्डको प्रस्ताबलाई मान्ने पक्का भएको छ।

सिरिजको लागि वेस्टइन्डिजले तयारी सुरु गरिसकेको छ भने इंग्ल्याण्डले पनि छिट्टै सुरु गर्नेछ। व्यक्तिगत रुपमा भने बोर्डको निर्देशन अनुसार इंग्ल्याण्ड खेलाडीहरुले अभ्यास गरिरहेका छन् भने छिट्टै जैव सुरक्षित योजनामा अभ्यास सुरु गर्नेछन्।

“हामि अन्तिम चरणमा छौँ। दुवै बोर्ड निर्देशक बीच छलफल भएको छ जसमा हामीलाई मेडिकल प्रतिनिधिहरुद्वारा खेल्नु सुरक्षित रहेको जानकारी आएको छ।” क्रिकेट वेस्ट इन्डिजका सईओ जोनु ग्रेभले बताएका छन्।

यसरी हुनेछ खेल 

योजना अनुसार इंग्ल्याण्ड क्रिकेट बोर्डको खर्चमा वेस्ट इन्डिज टिम चार्टर्ड प्लेनमा इंग्ल्याण्ड पुग्नेछ। इंग्ल्याण्ड पुगेपछि वेस्टइन्डिज टिम १४ दिन ओल्ड ट्राफर्ड हिल्टन होटलमा क्वारेन्टाइनमा बस्नेछ।

दुइ देश बीच सिरिजको पहिलो टेस्ट जुलाई ८ मा ह्याम्प्सायर एजेस बल मैदानमा दर्शक बिना खेलिनेछ। सिरिजको दौरान मैदानलाई कोरोना भाइरसबाट सुरक्षित राख्न नियमित टेस्ट गरिनेछ। मैदानलाई खेलाडी, अफिसियल , ग्राउन्ड स्टाफ र मिडिया क्षेत्रमा बाँडिनेछ। छुट्टा छुट्टै क्षेत्रमा जान बन्देज लगाइनेछ।

s

खेलको दौरान खेलाडीहरुको नियमित कोरोना जांच गरिनेछ र लक्षणहरुको जांच दैनिक गरिनेछ। सिरिज दौरान आफ्नो स्टाफहरु १,५०० देखि घटाएर ३०० मात्र राख्नेछ।

सिरिजको लागी इंग्ल्याण्ड सरकारको अनुमति आवस्यक रहेको छ जुन पाउन मुस्किल नहुने ग्रेभले विश्वास गरेका छन्। आवस्यकता अनुसार बोर्ड इंग्ल्याण्ड सरकारसंग छलफलको लागि समेत तयार छ।

ग्रेभका अनुसार वेस्ट इन्डिज खेलाडीहरु सर्तहरुको पालना गर्दै इंग्ल्याण्ड जान तयार रहेका छन्। उनले खेलाडीहरुको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिएको समेत स्पस्ट पारेका छन्।

वेस्टइन्डिज टुर पछि पाकिस्तानले पनि इंग्ल्याण्ड टुर गर्ने बताईएको छ। खेलाडीहरुलाई माथि उल्लेखित तरिकाले सुरक्षित बनाएर सिरिज गरिनेछ। अगस्टमा पाकिस्तानले टेस्ट तथा टि-२० सिरिज पनि खेल्ने बताईएको छ। इंग्ल्याण्ड पुगेपछि टिमनै क्वारेन्टाइनमा बस्नुपर्नेछ।

इंग्ल्याण्ड क्रिकेट बोर्डको खर्चको हिसाबले भने योजना महँगो हुनेछ। खेलाडीलाई चार्टर्ड गरेर ल्याउने तथा जैव सुरक्षित योजनाको लागि निकै बजेट खर्च हुनेछ।

यो सिजन क्रिकेट भए क्रिकेट बोर्डलाई ३८० मिलीयन युरोको घाँटा लाग्ने छ त्यसैले पनि क्रिकेट गराउन बोर्ड प्रतिबद्ध छ।





थप समाचार

एमएम कप : कोशी प्रदेशसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लब विरुद्ध एकदिवसीय राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक पहिलो जित दर्ता गर्दै कोशी प्रदेशले एमएम कप एकदिवसीय राष्ट्रिय […]

वैभवको शानदार शतकमा राजस्थान विजयी

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले जित हात पारेको छ। राजस्थानका युवा खेलाडी वैभव सूर्यवंशी र जयसवालले शानदार […]

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]