कोरोना मुक्त भए पाकिस्तानी पुर्व क्रिकेटर उमर, यस्तो दिए सुझाव

कोभिड-१९ संक्रमित पुर्व पाकिस्तानी ओपनिंग ब्याट्सम्यान तौफिक उमर संक्रमण मुक्त भएका छन्। स्वस्थ भएपछि उमरले भाइरस प्रति मानिसहरु सचेत हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन अपिल गरेका छन्।

पाकिस्तानको जुनियर छनौट समितिको सदस्य रहेका उमर दुइ हफ्ता अगाडी कोरोना भाइरस संक्रमित पाइएको थियो।

पाकिस्तानको लागि ४४ टेस्ट र २२ एकदिवसीय खेलेका ३८ वर्षीय उमरले भाइरस संक्रमित भए पनि निडरताको साथ सामना गर्नु पर्ने बताए –

“मेरो यो अनुरोध छ कि सबैले कोभिड-१९ लाई गम्भीरतापूर्वक लिनुपर्छ। सामाजिक दूरी र सुरक्षा उपाए सबैको लागि आवस्यक छ।”

“म दुइ हफ्ता एउटा कोठामा छुट्टै बसे। म बच्चा, परिवारसंग टाढा रहे। परिक्षण पोजेटिभ भएता पनि डराउनु पर्ने आवस्यकता छैन। म रोग प्रतिरोधात्मक क्षमता बढाउने सल्लाह दिन्छु”

कोरोनाको कारण दुइ पाकिस्तानी प्रथम श्रेणी क्रिकेटरको मृत्यु भैसकेको छ। लेग स्पिनर रियाज शेखको यसै हफ्ताको सुरुवातमा तथा जफर सरफराजको अप्रिलमा कोरोनाबाट निधन भएको थियो।

विश्वभर कोरोनाबाट ६८ लाख भन्दा बढी व्यक्ति संक्रमित भैसकेका छन् भने ३ लाख ९८ हजार जनाको मृत्यु भइसकेको छ। पाकिस्तानमा ९३ हजार व्यक्ति संक्रमित हुँदा १ हजार ९ सय ३५ जनाको मृत्यु भैसकेको छ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy