कोहली र रोहित बिना भारतले अभ्यास सुरु गर्ने

कप्तान बिराट कोलि र उपकप्तान रोहित शर्मा बिनानै भारतीय क्रिकेट बोर्डले आगामी हफ्ताबाट भारतीय क्रिकेट टिमको अभ्यास सुरु गर्ने भएको छ।

कोरोनाको लकडाउनका बीच बिसीसीआईले आगामी साता खेलाडीहरुको अभ्यास सुरु गर्न चाहन्छ। १७ मे बाट भारतमा सुरु सुरु हुने चौथो चरणको लकडाउन केहि खुकुलो हुने बताईएको छ। तर मुम्बईमा बसोबास गर्ने कोहली र रोहितलाई भने अभ्यासमा संलग्न हुन मुस्किल हुनेछ। मुम्बई कोरोनाको धेरै प्रभावित क्षेत्र हुनाले लकडाउन खुकुलो हुने संकेत छैन।

मुम्बईमा कोरोनाको कारण १ हजार जना भन्दा धेरैको मृत्यु भैसकेको छ।

“कोहली र र रोहित मुम्बईमा छन् र उनीहरुको लागि लकडाउन कडा रहेको छ र सायद त्यस्तै रहनेछ।” बिसीसीआईका प्रवक्ता अरुण धुमालले न्युज एजेन्सी एएफपीलाई बताएका छन्।

“लकडाउनको बेला हामि अनलाइन याप र त्यस्तै मध्यमबाट काम गरिरहेका छौँ। कोच र सपोर्ट स्टाफहरु पनि नियमित रुपमा खेलाडीहरुसंग सम्पर्कमा रहेका छन्। सबैजान मैदानमा फर्कन लालायित रहेका छन् त्यसैले हाम्रो उद्देश्य खेलाडीहरुले अभ्यास पुनः सुरुवात गर्दा सबै शत प्रतिशत फिट हुन् भन्ने हो। ”

प्रवक्ता धुमालले अभ्यास अघि खेलाडीहरुको तापक्रम नाप्न पर्ने तथा प्रशिक्षकसंग दुइ मिटरको दुरी राखिने बताए। ब्याट्सम्यानले नेटमा अभ्यास गर्दा आफैले बल उठाउन नपाउने र जुत्ताले बललाई हानेर प्रशिक्षकसम्म पुर्याउनु पर्नेछ।

भारतीय क्रिकेट टिमले जुलाईमा श्रीलंकासंग सिरिज खेल्ने कार्यक्रम रहेको थियो जुन स्थगित हुने प्रवल सम्भावना रहेको छ।

कोरोना प्रभावका बीच इंग्ल्याण्ड क्रिकेट टिम पनि आगामी हफ्ता अभ्यासमा फर्किने बताईएको छ। इंग्ल्यान्डले पनि अभ्यास गर्दा कोरोना फैलन नदिन सरकारी सतर्कता अपनाउने बताएको छ।





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]