क्यानद्वारा पाकिस्तान सुपर लिग ड्राफ्टमा ५ नेपाली खेलाडीको नाम सिफारिस

आगामी वर्ष २०२० फेब्रुवरीमा आयोजना हुने पाँचौ सिजनको पाकिस्तान सुपर लिग ( पीएसएल ) ड्राफ्टको लागि नेपाल क्रिकेट संघ क्यानले पांच जना नेपाली क्रिकेटरहरुको नाम सिफारिस गरेको छ।

क्यानले आज प्रेस बिज्ञप्ति जारि गर्दै राष्ट्रिय खेलाडीहरु करन केसी, पवन सर्राफ, ललित राजबंशी, आरिफ शेख र विनोद भण्डारीलाई सिफारिस गरेको बताएको छ। क्यानले आईसीसीलाई नाम पठाउने छ र आईसीसीले पाकिस्तान क्रिकेट बोर्डलाई नाम पठाउनेछ।

खेलाडीहरुलाई ड्राफ्टमा राख्नको लागि आईसीसीले क्यानलाई अनुरोध गरेपछि क्यानले पांच खेलाडीको नाम पठाएको हो। नेपाली खेलाडीहरुलाई ड्राफ्टमा राखिनेछ वा छैन भने निश्चित छैन।

गत सिजन सन्दिपले लाहोरबाट पीएसएल खेलेका थिए

गत सिजन पाकिस्तान सुपर लिगमा सन्दिप लामिछाने ड्राफ्ट मार्फत छनौट भएका थिए। उनले उक्त सिजन लाहोर कलन्दर्सको लागि खेलेका थिए। सन्दिपले यो पटक कुन टिमबाट खेल्ने ड्राफ्ट पछि तय हुनेछ। सन्दिप विदेशी लिगहरुमा आफ्नो एजेन्ट साया कर्पोरेसन मार्फत सहभागी हुँदै आएका छन्।

पीएसएलको ड्राफ्टको पहिलो चरण नोभेम्बर पहिलो सात तथा दोश्रो चरण नोभेम्बर अन्तिम साता आयोजना हुनेछ।

पाकिस्तान सुपर लिगको पुरा सिजन यो पटक पाकिस्तानमै आयोजना गर्ने बताईएको छ। यस अघि अधिकांश खेलहरु युएईमा खेलिन्थ्यो भने अन्तिम खेलहरु पाकिस्तानमा गर्ने गरिएको थियो।

पीएसएलमा इस्लामाबाद युनाइटेड, कराँची किंग्स, लाहोर कलन्दर्स, मुल्तान सुल्तान्स, पेशावर जाल्मी र क्वेटा ग्ल्याडीएटर्स गरि ६ टिम रहेका छन्। गत सिजन लिगको उपाधि क्वेटा ग्ल्याडीएटर्सले जितेको थियो।

सन्दिप बाहेक विदेशी क्रिकेट लिगहरुमा सोमपाल कामि सहभागी भएका छन् भने पारस खड्का आगामी साता देखि सुरु हुने टि-१० लिग खेल्न पहिलो पटक छनौट भएका छन्।





थप समाचार

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]