क्रिकेट अवार्ड चैत २१ मा

दोस्रो संस्करणको एनसीसीएस सिप्यान क्रिकेट अवार्ड चैतमा हुने भएको छ ।  आयोजक क्रिकेट खेल संघ नेपाल सिप्यानले आइतबार पत्रकार सम्मेलन गर्दै अवार्ड चैत २१ गते गर्ने घोषणा गरेको हो ।

अवार्ड समारोहमा कूल ५ विधामा अवार्ड प्रदान गरिनेछ । जसमा वर्ष खेलाडी महिला र पुरुष, वर्ष उदयीमान खेलाडी, वर्ष उत्कृष्ट क्षण र लाइफटाइम अचिभमेन्ट अवार्ड रहेको छ । वर्ष खेलाडी महिला र पुरुषले नगद १ लाख ३२ हजार पाउनेछन् भने अन्य ३ विजेताले समान ६६ हजार पाउनेछन् ।

यश पटक वर्ष खेलाडी महिलाको पुरस्कार पनि पुरुषकै समान राखिएको सिप्यानका अध्यक्ष डा. मनिषराज पाण्डेले बताए । वर्षको उत्कष्ट क्षणको अवार्डका लागि अनलाइन भोटिङको आधारबाट हुने आयोजकले छ ।

त्यसको लागि चाँडै मनोनयन सार्वजनिक गरिने सिप्यानका अध्यक्ष पाण्डेले बताए । अवार्डका लागि खेलाडी छनोट गर्न प्राविधिक समिति गठन गरिने आयोजकले जनाएको छ ।

अवार्डको मुख्य प्रायोजकमा शैक्षिक संस्था एनसीसीएसले निरन्तरता दिएको छ । सिप्यानसंग सहकार्य गरेर यो अवार्ड गर्न पाउँदा खुशी लागेको एनसीसीएसका प्रिन्सिपल शंकर राज जाेशीले बताए ।

( साभार – अनलाइनखबर )





थप समाचार

पुलिसको विजयी यात्रा जारी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी यात्रा जारी राखेको छ। […]

पीएम कप : बागमती र कर्णाली विजयी

काठमाडौँ । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र कर्णाली प्रदेशले आ–आफ्नो खेलमा जित हासिल […]

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]