खकुरेलले उत्कृस्ट ब्याटिंग गर्दा प्रदेश-३ एमएम कपको सेमीफाइनलमा

जित्ने पर्ने खेलमा प्रदेश नम्बर १ लाई पराजित गर्दै प्रदेश प्रदेश नम्बर ३ मनमोहन मेमोरियल राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

सुनसरीको इनरुवामा जारि प्रतियोगिता अन्तर्गत समुह ‘सी’ को विजेताको रुपमा प्रदेश नम्बर-३ सेमीफाइनल प्रवेश गरेको छ। प्रदेश ३ र प्रदेश ५ बीचको शुक्रबारको खेल नतिजाविहिन रहेको थियो। प्रदेश १ ले भने पहिलो खेलमा प्रदेश ५ लाई पराजित गरेको थियो।

वर्षाको कारण आउटफिल्ड भिजेकाले २८ ओभरमा छोट्याइएको खेलमा प्रदेश १ ले पहिले ब्याटिंग गर्दै दिएको १४५ रनको लक्ष्य प्रदेश ३ ले २६ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।

Subash Khakurel

प्रदेश ३ को जितमा कप्तान समेत रहेका ओपनिंग ब्याट्सम्यान सुबास खकुरेलले अविजित ८५ रनको उत्कृस्ट इनिंग खेले। खकुरेलले ७३ बलमा ७ चौका र ५ छक्का प्रहार गरे। रित गौतम र जितेन्द्र सिंह ठकुरीले समान १७ रन तथा आदील खानले ११ रन बनाए। प्रदेश १ का बलर शुभान्कर उरावले २ विकेट तथा दिपेश कंडेलले १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको प्रदेश-१ ले  २८ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको थियो।

प्रदेश-१ को ब्याटिंगमा कप्तान पुष्प थापाले सर्वाधिक ५० रन बनाए। प्रतियोगिताकै पहिलो अर्धशतक बनाउने क्रममा थापाले ४१ बलमा ५ चौका र २ छक्का प्रहार गरे। यस्तै मिनास थापाले २०, फिर्दोश अन्सारीले १८ तथा राज थापाले १० रन बनाए।

Puspa Thapa

प्रदेश-३ को बलिंगमा तिब्र गति बलर नन्दन यादबले ४ विकेट लिए जुन क्रममा ६ ओभरमा २२ रन खर्चिए। यस्तै रामनरेश गिरिले २ विकेट तथा प्रतिस जिसी, इशान पाण्डे र जितेन्द्र सिंह ठकुरीले समान १/१ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सुबास खकुरेल चुनिए।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]