खेलकुदलाई गत वर्ष भन्दा १ अर्ब ६३ करोड कम बजेट

आर्थिक वर्ष २०७७/७८ को लागि सरकारले गत वर्षको भण्ड कम बजेट विनियोजन गरेको छ। युवा तथा खेलकुद क्षेत्रमा सरकारले २ अर्ब ३६ करोड बिनियोजन गरेको हो।

गत वर्ष युवा तथा खेलकुदको लागि ३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको थियो जुन यो वर्ष भन्दा १ अर्ब ६३ करोड बढी थियो।

अर्थमन्त्री युवराज खतिवडाले बिहिबार घोषणा गरेको बजेटमा पोखरा आयोजना हुने नवौ राष्ट्रिय खेलकुद, कर्णालीमा राष्ट्रिय खेलकुद आयोजना गर्न सक्ने गरी पूर्वाधार निमार्ण गर्न आवश्यक बजेट छुट्टाइएको बताए। अन्तर्राष्टिय स्तरका क्रिकेट स्टेडियम, उच्च पर्वतिय तालिम केन्द्र र सबै प्रदेशमा खेलग्राम निमार्ण गर्न चाहिने बजेट छुट्याइएको छ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ का लागि १ अर्ब २१ करोड रुपैयाँको सिलिङ तोकेको थियो।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy