चन्द्रागिरि पुगेर वुमन्स च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक, दुबैको लक्ष्य उपाधी

त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारि वुमन्स च्याम्पियन्स लिगको ट्रफी सार्वजनिक गरिएको छ । ट्रफी औपचारिक रुपमा फाइनल खेल अगाडी सार्वजनिक गरिएको हो ।

पर्यटकीय गन्तब्य रहेको चन्द्रागिरी पहाडमा पुगेर ट्रफी सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा फाइनलमा पुग्न सफल चितवन राइनोजकी कप्तान इन्दु बर्मा र क्याट क्विन्स काठमान्डौकी कप्तान रुबिना क्षेत्री उपस्थित थिए । दुवै टिमका कप्तानले पत्रकार सम्मेलनमा लक्ष्य उपाधी जित्ने रहेको बताए ।

चितवनले प्रतियोगिता अन्तर्गत लिग चरणका चारै खेल जित्दै फाइनलमा स्थान बनाएको हो । काठमान्डौले भने लिग चरणमा चितवनसंग पराजित भएपछी इलिमिनेटरमा बिराटनगर टाइटन्सलाई पराजित गर्दै फाइनलमा आएको हो । फाइनल खेल बिहिबार साढे एघार बजे किर्तिपुर मैदानमा नै हुनेछ ।

क्विन्स इभेन्ट मेनेजमेन्ट प्राइभेट लिमिटेडको आयोजनामा जारि प्रतियोगिताको विजेताले सात लाख र उप-विजेताले ३ लाख रुपैयाँ पाउनेछ ।त्यस्तै व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट हुने खेलाडीले एकथान स्कुटर सहित नगद ५० हजार पाउनेछ । उत्कृष्ट ब्याटर र बलरले समान २५/२५ हजार प्राप्त गर्नेछ्न ।





थप समाचार

नरेनको कप्तानीमा नेपालले यु–१९ विश्वकप एसिया छनोट खेल्ने

काठमाडौं। नेपालले नरेन भट्टको कप्तानीमा आइसिसी यु–१९ विश्वकप एसिया छनोट खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार उनलाई […]

प्रधानमन्त्री कप : आर्मी र लुम्बिनी विजयी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिय टोली त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन्। […]

पुलिसकाे लगातार पाँचाैँ जित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा सुदूरपश्चिम प्रदेशलाई हराउँदै नेपाल पुलिस क्बले लगातार पाँचाैँ जित हासिल गरेकाे […]

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]