चाहरले ह्याट्रिक गर्दै इतिहास रच्दा भारतको जित, टि-२० अन्तर्राष्ट्रियकै उत्कृस्ट बलिङ्ग

दिपक चाहरले सनसनीपूर्ण बलिङ्ग गर्दै इतिहास रच्दा बंगलादेशलाई तेश्रो टि-२० मा पराजित गर्दै भारतले तिन वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज २-१ ले जितेको छ।

सिरिज अन्तर्गत पहिलो टि-२० मा भारत ७ विकेटले पराजित भएको थियो। दोश्रो टि-२० भारतले ८ विकेटले जित्दै सिरिज बराबरी गरेको थियो।

नागपुरमा सम्पन्न तेश्रो टि-२० मा टस हारेको भारतले पहिले ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो। लक्ष्य पछ्याउने क्रममा बंगलादेशले १९.२ ओभरमा १४४ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। खेल भारतले ३० रनले जित्यो।

बंगलादेशको सुरुवात राम्रो हुन सकेको थिएन। ओपनर लिटन दास ९ तथा सौम्य सरकार खाता नखोली दिपक चाहरबाट लगातार २ बलमा आउट हुन पुगे। तेश्रो विकेटको लागि ओपनर मोहम्मद नैम र चौथो नम्बरका मोहम्मद मिथुनले ९८ रनको साझेदारी गर्दै बंगलादेशलाई जितको दिशा तिर लगे।

१३ औं ओभरमा मिथुनलाई दिपक चाहरले तेश्रो विकेटको रुपमा क्याच आउट गराए पछि भने भारत खेलमा हावी हुन पुग्यो। त्यसपछि मुस्फिकुर रहिमलाई शिभम दुबेले खाता नखोल्दै बोल्ड गरे। ८१ रनबनाएका मोहम्मद नैमलाई दिपक चाहरले १६ औं ओभरमा बोल्ड गरेपछि बंगलादेश खेलमा फर्कन सकेन। नैमले ४८ बलमा १० चौका र २ छक्का प्रहार गरे।

११०/३  बाट बंगलादेश १३०/७ को अवस्थामा पुग्यो। त्यसपछि दिपक चाहरले बाँकी ३ विकेट ह्याट्रिक लिंदै बंगलादेशलाई अल-आउट पारे।

दिपक चाहरको ह्याट्रिक र नयाँ रेकर्ड 

भारतको लागि टि-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक लिने चाहर पहिलो बलर बनेका छन्। यस्तै अन्तर्राष्ट्रिय टि-२० मा ह्याट्रिक लिने चाहर ११ औं खेलाडी हुन्।

दायाँ हाते तिब्र गति बलर चहारले  खेलको १८ औं ओभरको अन्तिम बलमा शफिउल इश्लामलाई क्याच आउट गराए। त्यसपछि खेलको अन्तिम ओभरमा बलिङ्ग गरेका चाहरले ओभरको पहिलो बलमा मुस्तफिजुर रहमान र अमिनुल इस्लामको विकेट लगातार लिंदै ह्याट्रिक पुरा गरे। इस्लामलाई योर्करमा बोल्ड गर्दै उनले ह्याट्रिक पुरा गरेका थिए।

सबै भन्दा धेरै लासिथ मालिंगाले २ पटक टि-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक लिएका छन्। अस्ट्रेलियाका ब्रेट लिले सन् २००७ मा बंगलादेश बिरुद्ध कप टाउनमा पहिलो ह्याट्रिक लिएका थिए।

खेलमा कुल ६ विकेट लिएका चाहरले टि-२० अन्तर्राष्ट्रियमा सबैभन्दा उत्कृस्ट बलिङ्ग स्पेल पनि दर्ता गरेका छन्। उनले ३.२ ओभर बलिङ्ग गर्दै मात्र ७ रन खर्चेर ६ विकेट लिए। यस अघि श्रीलंकाका अजन्था मन्डीसले जिम्बाबे बिरुद्ध २०१२ मा ८ रन खर्चेर ६ विकेट लिएका थिए।

टि-२० अन्तर्राष्ट्रियमा ६ विकेट हालसम्म ४ पटक लिईएको छ। दुइ पटक अजन्था मन्डीसले तथा एक पटक युझभेन्द्र चाहालले ६ विकेट लिएका छन्। ६ भन्दा बढी विकेट एकै इनिंगमा टि-२० मा कुनै बलरले लिन सकेको छैन।

भारतको ब्याटिंगमा श्रेयस ऐयरले सर्वाधिक ६२ तथा केएल राहुलले ५२ रन बनाएका थिए। ऐयरले ३३ बलमा ३ चौका र ५ छक्का तथा राहुलले ३५ बलमा ७ चौका प्रहार गरे।

ओपनरद्वय रोहित शर्मा २ तथा शिखर धवन १९ रन बनाएर आउट भएपछि राहुल र ऐयरले तेश्रो विकेटको लागि ५९ रनको साझेदारी गरेका थिए। राहुलको विकेट पछि ऐयरले चौथो विकेटको लागि रिशभ पन्तसंग ४५ रनको साझेदारी गरे। पन्तले ६ रन मात्र बनाए।

अन्तिममा मनिष पाण्डेले १३ बलमा ३ चौका मदतले २२ तथा शिभम दुबेले अविजित ९ रन बनाए। दुवैले छैठौं विकेटको लागि ३० रनको साझेदारी गरे।

बंगलादेशको बलिङ्गमा शफिउल इस्लाम र सौम्या सरकारले समान २/२ विकेट तथा अल अमिन होसेनले १ विकेट लिएका थिए।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]