चितवन प्रिमियर लिगः उपाधिका लागि भोली राप्ती र सौराहा भिड्ने

प्रथम सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को उपाधीका लागि सराहा स्यान्ड्स र राप्ती ¥यापिड्स भिड्ने भएका छन् । आज (बिहिबार) सम्पन्न इलिमिनेटरमा भरतपुर गुर्खाज माथि रोमाञ्चक जीत हात पार्दै सौराहाले राप्तीसँगको उपाधी भिडन्त पक्का गरेको हो ।

क्याम्पाचौरमा भएको खेलमा भरतपुर गुर्खाजले दिएको ८६ रनको लक्ष्य सौराहाले ३ बल बाँकी रहदा ८ विकेट गुमाएर पूरा ग¥यो । सौराहालाई अन्तिम ओभरमा जितका लागि १ रन आवश्यक थियो । अन्तिम ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै अनुज चनराले सौराहाको जित सुनिश्चित गरे । त्यसअघि राजेश ढकालले २८ बलमा ४ चौका र एक चक्का प्रहार गर्दै ३४ रन बनाए । यस्तै आकाश चन्द ११ तथा प्रशान्त महत ९ रनमा पेभिलियन फर्किए । कसिलो बलिङ गरेपनी कमजोर फिल्डिङ भरतपुरको लागि महँगो सावित भयो ।

भरतपुरका चन्दन ठाकुरले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए पनि हात टार्न सकेनन् । उनले ४ ओभरमा १६ रन खर्चिए । यस्तै कप्तान संघर्ष पौडेलले २ विकेट तथा प्रतिश जिसीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भरतपुर १७ ओभर ४ बलमा ८५ रनमा अल आउट भएको थियो । सौराहाका बलर सामु भरतपुरका ब्याट्सम्यान खुलेर खेल्न सकेनन् । भरतपुरका लागि बिबेक कुमार गुप्ताले २३ रन बनाए । उनले २२ बलमा ४ चौका प्रहार गरे । ओपनर निशव तिमल्सिनाले ४३ बलमा २० रन बनाए । यस्तै आशिष लम्साल १५ रनमा पेभिलियन फर्किए । मात्र ६ बल खेलेका लम्सालले एक चौका र एक छक्का प्रहार गरे । सौराहाका सुवर्ण भट्टले ३ विकेट लिए । लेग स्पिनर भट्टले ४ ओभरमा २३ रन खर्चिए । यस्तै अनुज चनरा र बिबेक पराजुलीले समान २–२ विकेट लिए । खेलको म्यान अफ दि म्याच सौराहाका लेग स्पिनर सुवर्ण भट्ट घोषित भए ।

Subarna Bhatt

प्रतियोगिताको फाइनल खेल शुक्रबार ११ बजे शुरु हुनेछ । लिगमा लगातर ४ खेलमा जित हात पारेको राप्ती समुह शिर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।

नारायणी एडभरटाइजिङ एण्ड इभेन्टको आयोजनामा जारी प्रतियोगिताको टाइटल स्पोन्सरमा चितवन मेडिकल कलेज रहेको छ भने स्पोन्सरको रुपमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालि चितवन रहेको छ । त्यस्तै प्रतियोगिताको को–स्पोन्सरको रुपमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेको छ ।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]