जमैका बिरुद्ध सन्दिपको उत्कृस्ट बलिंग

करेबियन प्रिमियर लिग अन्तर्गत सन्दिप लामिछानेले प्रतिनिधित्व गरिरहेको टिम बार्बेडोस ट्राइडेन्टले छैठौं खेलमा जमैका तल्लावाहसंग प्रतिस्पर्धा गरिरहेको छ। लिगको चौथो स्थान भित्र रहीरहन महत्वपूर्ण खेलमा टस जितेपछि बार्बेडोसले जमैका तल्लावाहलाई ब्याटिंगको निम्तो गरेको थियो।

तल्लावाहले १८.३ ओभरमा ८ विकेट गुमाएर १०८ रन बनाएको अवस्थामा वर्षाको कारण खेल रोकिन पुगेको छ। तल्लावाहको लागि ओपनर ग्लेन फिलिप्सले सर्वाधिक ४१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानहरुले खास प्रदर्शन गर्न सकेनन्।

ओपनर क्रिस गेल १ रन बनाएर आउट भएपछि लगातार अन्तरालमा विकेट गुमाएको जमैका सातौँ हारतर्फ उन्मुख देखिएको छ। लिग अंक तालिकामा ७ खेल खेल्दा जमैकाको १ जित र ६ हार रहेको छ र पुछारमा रहेको छ। बार्बेडोसको ५ खेलमा २ जित र ३ हार सहित ४ अंक रहेको छ र चौथो स्थानमा रहेको छ।

सन्दिपको सानदार बलिंग 

खेलमा जमैकालाई सानो योगफलमा समेट्ने दिशामा लैजान नेपाली लेग स्पिनर सन्दिपले उत्कृस्ट बलिंग प्रदर्शन गरेका छन्। उनले २ विकेट लिने क्रममा मात्र १७ रन खर्चिएका हुन्।

सन्दिपको पहिलो ओभर : ३ रन खर्चेर १ विकेट ( १ , विकेट , ० , ० , ० , २ )

इनिंगको पाँचौ ओभरमा आफ्नो पहिलो ओभर बलिंग गरेका सन्दिपले दोश्रो बलमै चाडविक वाल्टनको विकेट लिए। ड्राइभ गर्दा एज लाग्दै स्लिपमा उनि एशले नर्सबाट उत्कृस्ट रुपमा समातिन पुगेका थिए।  विकेट पछि लगातार ३ बल डट गरेका सन्दिपले अन्तिम बलमा २ रन दिए। ओभरमा मात्र ३ रन खर्चेर उनले विकेट दिलाए।

सन्दिपको दोश्रो ओभर : ५ रन खर्चेर १ विकेट ( १ , १ , १ , विकेट , १ , १ )  : नवौं ओभरमा दोश्रो ओभर बलिंग गरेका सन्दिपले तेश्रो बलमा ड्वेन स्मिथको महत्वपूर्ण विकेट लिंदै जमैका तल्लावाहलाई कमजोर स्थितिमा पुर्याएका थिए। मात्र १ रन बनाएका स्मिथ ठुलो सट खेल्ने क्रममा टप एज लाग्दै क्याच आउट हुन पुगे। ओभरमा सन्दिपले मात्र ५ रन खर्चेर १ विकेट लिए।

सन्दिपको तेश्रो ओभर : ५ रन ( १ , ० , १ , ० , १ , २ बाई ) : १६ औं ओभरमा तेश्रो ओभर लिएर आएका सन्दिपले ओभरमा मात्र ५ रन खर्चिए। ओभरको दोश्रो बलमा रामाल लुइसले रिभर्स स्विप गर्ने क्रममा खुट्टामा लागेपछि सन्दिपले गरेको अपिल अम्पायरले नकारे। त्यसपछि ओभरको अन्तिम बलमा लुइसले अगाडी बढेर खेल्दा सन्दिपको गुगलीमा बिट हुन पुगेका थिए तर विकेटकिपरले गल्ति गर्दै स्टम्पिंग गर्न चुक्दा सन्दिपले तेश्रो विकेट लिन पाएनन्।

सन्दिपको चौथो ओभर : ६ रन ( २ , ० , १ , ० , २ , १ ) : लगत्तै स्पेलमा बलिंग गरेका सन्दिपले १८ औं ओभरमा बलिंग गर्ने क्रममा मात्र ६ रन खर्चिए। पाँचौ बलमा डर्नब्याचले प्रहार गरेको सट डिप स्क्वायर लेग फिल्डर भन्दा थोरै अघि खस्न पुगेको थियो। अर्को मौका सिर्जना गरे पनि सन्दिपले २ विकेटमै चित्त बुझाउनु पर्यो।

उत्कृस्ट बलिंग गरेका सन्दिपले ४ ओभरमा कुनै पनि बाउन्ड्री प्रहार हुन दिएनन् भने कुल १० वटा डट बल गरे। ४ ओभरमा उनले १७ रन खर्चेर २ विकेट लिए पनि यो करेबीयन प्रिमियर लिगमा सन्दिपको सबैभन्दा किफायती स्पेल भने हैन। उनले गत वर्ष सेन्ट किट्सको लागि खेल्ने क्रममा गुएना अमेजन वारियर्स बिरुद्ध २ विकेट लिंदा मात्र १२ रन खर्चिएका थिए। यस्तै सेन्ट लुसिया स्टार्ससंग पनि २ विकेट लिंदा त्यो भन्दा कम १३ रन मात्र खर्चिएका थिए।

प्रतियोगितामा छैठौं खेल खेल्दा सन्दिपले आफ्नो विकेट संख्या ८ पुर्याएका छन्। पहिलो खेलमा १ ओभर मात्रै बलिंग गरेका सन्दिपले दोश्रो खेलमा सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स बिरुद्ध ३ विकेट लिएका थिए। तेश्रो खेलमा जमैका तल्लावाह बिरुद्ध उनले १ विकेट लिएका थिए। चौथो खेलमा सन्दिपले सेन्ट लुसिया जुक्स बिरुद्ध र पाँचौ खेलमा गुयना अमेजन वारियार्स बिरुद्ध उनले १ विकेट लिएका थिए।


बिरुद्ध – गुयना अमेजन वारियर्स : ० विकेट ( १-०-५-० )
बिरुद्ध – सेन्ट किट्स एण्ड नेभिस पेट्रिएट्स – ३ विकेट ( ४-०-२२-३ )
बिरुद्ध – जमैका तल्लावाह – १ विकेट ( ४-१-३५-१ )
बिरुद्ध – सेन्ट लुसिय जुक्स – १ विकेट ( ३.५-०-२९-१ )
बिरुद्ध – गुयना अमेजन वारियार्स – १ विकेट ( ३-०-२१-१ )

 





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]