टिपिएल ३: उपाधीका लागि ज्ञानोदय र मणिग्राम भिड्दै

ज्ञानोदय गोल्ड्स र मणिग्राम किंग्स तिलोत्तमा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन् । बुधबार सम्पन्न सेमिफाईनलमा ज्ञानोदय गोल्ड्सले पाल्पाली लिजेन्ड्सलाई ९ रन र मणिग्राम किंग्सले बुटवल युनाइटेडलाई १२ रनले पराजित गरेका हुन् ।

दोश्रो सेमिफाइनलमा पहिले ब्याटिङ्ग गरेको मणिग्राम किंग्सले ६ विकेटको क्षतीमा १४२ रनको योगफल तयार पारेको थियो । रोहन केसिले सर्बाधिक ४२ रनको योगदान गरे ।

१ सय ४३ रनको लक्ष्यका साथ ब्याटिङ्ग थालेको बुटवल युनाइटेडलाई मणिग्राम किंग्सले १९।२ ओभरमा १३१ रनमा रोकेको थियो । बुटवल युनाइटेडलाई सस्तैमा रोक्न मणिग्रामका अमर सिंह राउटेलाले ४ ओभरमा १९ रन खर्चेर ५ विकेट लिएका थिए ।

प्रतियोगितामा मणिग्रामका अमर सिंह राउटेला म्यान अफ द म्याच भए भने मणिग्राम कै रोहन केसि मष्ट भ्यालुएवल खेलाडी बने ।

यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा टस जितेर ब्याटिङ्ग गरेको ज्ञानोदयले ७ विकेटको क्षतीमा १४५ रन बनाएको थियो । उसका शंकर रानाले ६२ रन र सिद्धान्तराज शाहीले ३६ रन बनाए ।

१४६ रनको लक्ष्य लिएर उत्रेको पाल्पाली लिजेन्ड्स १९।४ ओभरमा १३६ रनमा समेटिएपछि ज्ञानोदयले फाईनलको यात्रा तय गरेको हो । पाल्पाली लिजेन्ड्सलाई सस्तैमा रोक्न ज्ञानोदयका दिवान पुनले ४ ओभरमा १३ खर्चेर ३ विकेट लिए । त्यस्तै जितेन्द्र शहानी र सिद्धान्तराज शाहीले समान २/२ विकेट लिँदा प्रतिश जिसी र कमल ओलीले समान १/१ विकेट लिए ।

ज्ञानोदय गोल्ड्सका सिद्धान्तराज शाही भ्यालुएवल प्लेयर तथा ज्ञानोदयकै शंकर राना प्लेयर अफ द म्याच चुनिए ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदान नयाँमिल १० नम्बरमा जारी प्रतियोगितामा प्रथम हुने टिमले नगद ४ लाख प्राप्त गर्नेछ भने उप बिजेता हुने टिमले नगद २ लाख प्राप्त गर्नेछ ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]