टिपिएल ३: यस्तो बन्यो सेमिफाइनल समीकरण

४ कार्तिक, बुटवल । प्रदेश स्तरको सबैभन्दा ठुलो पुरस्कार राशी रहेको सर्बोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिगमा सेमिफाइनल खेल्ने सबै टिमको टुङ्गो लागेको छ ।

सोमबार सम्पन्न पहिलो खेलमा रुपन्दही पल्टनस्लाई १० विकेटले पछाडी पार्दै बुटवल युनाइटेड बिजयी भएपछि सेमिफाईनल खेल्ने सबै टिमको टुंगो लागेको हो ।

प्रदेश ५ का १० टिम सहभागि प्रतियोगितामा समुह ए बाट बुटवल युनाइटेडसंगै ज्ञानोदय गोल्डस् सेमिफाईनलमा प्रबेश गरेको छ भने समुह बि बाट मणिग्राम किंग्स र पाल्पाली लिजेन्ड्स सेमिफाइनल प्रबेश गरेका हुन ।

प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा रुपन्देही पल्टनले लज्जास्पद हार ब्यहोरेको छ । पल्टनलाई बुटवल युनाइटेडले १० विकेटले पराजीत गरेको हो ।

टस जितेर ब्याटिङ्ग गरेको रुपन्देही पल्टनलाई १२ दशमलव ३ ओभरमा १९ रनमै रोकेपछि बुटवल युनाइटेड सहज रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

बुटवल युनाईटेडले बिजयका लागि पाएको २० रनको लक्ष्य २ ओभरमै पुरा गरेको थियो । बुटवल युनाइटेडका लागि कुसल मल्लले १० र मृनल गुरुङ्गले ११ रनको योगदान गरे ।

रुपन्देही पल्टनलाई झिनो रनमा रोक्न बुटवल युनाइटेडका अमित तामाङ एक्लैले ५ विकेट लिए । अमितले ४ ओभरमा एक मेडन ओभर खेल्दै १० रन खर्चेर ५ विकेट लिएका हुन । त्यस्तै राहुल प्रजापतिले २ साथै भिम सार्की, सागर ढकाल र सुसन भारीले समान १ / १ विकेट लिए ।

ब्याटिङ्ग तर्फ रुपन्देही पल्टनस्का बिराट भण्डारी, दिनेश मगर, दिलिप कुर्मी, रोविन क्षेत्री, सौरव भुर्तेलले खाता नै खोल्न सकेनन् । प्रतियोगितामा बुटवल युनाइटेडका अमित तामाङ म्यान अफ द म्याच बने भने राहुल प्रजापती मष्ट भ्यालुएवल खेलाडी बन्न सफल भए ।

मणिग्राम किंग्स समुह बिजेता

सियारी राईनोज्लाई २० रनले पराजित गर्दै मणिग्राम किंग्स तिलोत्तमा प्रिमियर लिगको समुह बिजेता बनेको छ । लिगका आफ्ना सबै ४ खेल जीत निकाल्दै समुह बिजेता बनेको हो । सो समुहबाट पाल्पाली लिजेन्टस् समुह उपबिजेता बनेको छ । समुह ए को बिजेता र उपबिजेताके टुंगो भने भोलीको खेलबाट लाग्ने छ ।

आजको दोस्रो खेलमा पहिला ब्याटिङ्ग गरेको मणिग्रामले पुरै ओभर खेलेर ७ विकेटको क्ष्यतिमा १ सय ३६ रनको योगफल तयार पारेको थियो । टिमको जितका लागि मणिग्रामका प्रज्वल थापाले सर्बाधिक ४४ रनको योगदान गरे ।

जवाफी ब्याटिङ्ग गरेको सियारी राइनोज् १९ दशमलव २ ओभरमा १ सय रनमा समेटिएको थियो । सियारीका मनिष थापाले सर्बाधिक ६१ रनको योगदान गरेपनि जितका लागि प्रयाप्त भएन ।

सियारीलाई सस्तैमा समेट्न मणिग्रामका अजय साहानीले ३ दशमलव २ ओभरमा १३ रन खर्चेर ३ विकेट लिएका थिए । त्यस्तै दुर्गेस ढुंगानाले २ साथै कृष्ण कार्की, अनिल खरेल र सुनिल भण्डारीले समान १ /१ विकेट लिए ।

प्रतियोगितामा मणिग्राम किंगस्का दुर्गेस गुप्ता मष्ट भ्यालुएवल प्लेयर बने भने मणिग्रामकै प्रज्वल थापा म्यान अफ द म्याच भए । प्रतियोगिता अन्तर्गत भोलिको खेलमा रेन्बो ज्ञानोदय गोल्ड्स् र लुम्बिनी शाक्यान् ग्ल्याडिएटर्सका बिच हुनेछ ।

मंगलबार पत्रकार र आयोजक बिच मैत्रिपुर्ण खेल

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारि तिलोत्तमा प्रिमियर लिगको ११ औँ दिन मंगलबार आयोजक र रुपन्देहीका पत्रकारहरुबिच मैत्रिपुर्ण क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा आयोजक तिलोत्तमा क्रिकेट बिकास समितिका पदाधिकारी र पत्रकारहरुबिच १० ओभरको खेल चल्नेछ । दिउसो २ बजे हुने खेलमा दुबै टिमबाट कम्तिमा २ जना महिला खेलाडी सहभागी हुने खेल संयोजक दिपक भुर्तेलले जानकारी दिए ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]