टि-१० लिग : कर्नाटका पराजित हुँदै अंकतालिकाको पुछारमा , यस्तो रह्यो सन्दिपको प्रदर्शन

युएईमा जारि टि-१० लिग अन्तर्गत नेपाली खेलाडी सन्दिप लामिछाने आबद्ध रहेको टिम कर्नाटका टस्कर्सले तेश्रो हार बेहोरेको छ।

शेख जायद स्टेडियम, आबु धाबीमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै कलन्दर्सले दिएको १३१ रनको लक्ष्य पछ्याउने क्रममा कर्नाटकाले १० ओभरमा ९ विकेट गुमाएर ९८ रन मात्र बनाउन सक्यो।

हार पछि कर्नाटका ५ खेलमा १ जित , ३ हार र एउटा नतिजाविहिन अंकका साथ ३ अंक बटुल्दै अंकतालिकाका पुछारमा पुगेको छ। पारस खड्का आबद्ध टिम आबु धाबी ४ अंक सहित छैठौं स्थानमा रहेको छ। लिग अन्तर्गत कर्नाटकाले आगामी खेल पारस खड्का आबद्ध टिम आबु धाबीसंग खेल्नेछ। खेल नेपाली समय राति ९:४५ बजे सुरु हुनेछ।

लक्ष्य पछ्याउने क्रममा कर्नाटकाको रायन टेन डेस्काटेले सर्वाधिक २५, जोन्सन चार्ल्सले २४ रन बनाए। कप्तान हासिम अमला मात्र २ रन बनाएर आउट भए। नवौं नम्बरमा ब्याटिंग गरेका सन्दिप लामिछानेले ७ बलमा ५ रन बनाए। कलन्दर्सको बलिङ्गमा सुल्तान एहमद र जर्ज गार्टनले २/२ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिंग गर्दै कलन्दर्सले १० ओभरमा ७ विकेट गुमाएर १३० रन बनाएको थियो।कलन्दर्सको लागि ओपनिङ्ग ब्याट्सम्यान टम बान्टनले सर्वाधिक ८० रन बनाए जुन क्रममा ९ चौका र ६ छक्का प्रहार गरे। लौरी इभान्सले १७, फिलिप साल्टले ११ तथा सुल्तान एह्मदले अविजित १३ रन बनाए। कर्नाटकाको बलिङ्गमा एहमद राजा र सन्दिप लामिछाने २/२ विकेट लिए।

यस्तो रह्यो सन्दिपको बलिङ्ग प्रदर्शन

सन्दिपको पहिलो ओभर – २२ रन ( ४ , ६ , ६ , १ , १ , ४ )

पाँचौ ओभरमा पहिलो ओभर बलिङ्ग गर्न आएका सन्दिपलाई टम बान्टने सुरुवातमै चौका प्रहार गर्दै स्वागत गरे। मिड विकेटमा चौकाको साथ ओभरको सुरुवात गरेका बान्ट त्यतिमै रोकिएनन् त्यसपछि लगातार २ छक्का पनि प्रहार गरे। दोश्रो बलमा अघि बढ्दै लंग अनमा छक्का प्रहार गरेका बान्टनले तेश्रो बलमा काउ कर्नर तिर छक्का प्रहार गरे। सोहि बलमा बान्टनले अर्धशतक समेत पुरा गरे। १ चौका र २ छक्का पछि चौथो र पाँचौ बलमा १/१ रन दिएका सन्दिपलाई पुनः अन्तिम बलमा बान्टनले चौका प्रहार गरे। ओभरमा सन्दिपले २२ रन खर्चिए र विकेट विहिन रहे।

सदिपको दोश्रो ओभर – ८ रन दिएर २ विकेट ( वाइड , १ , २ , ४ , डट , विकेट , विकेट )

पहिलो ओभरमा महँगो सावित भएका सन्दिपले दोश्रो ओभरमा भने राम्रो कमब्याक गरे। पहिलो बल वाइडबाट सुरु गरेका उनले त्यसपछि १ र २ रन दिए। त्यसपछिको बलमा बान्टनले प्रहार गरेको सट भित्रि किनारा लागेर चौका भयो।

पहिलो १० बलमा ३० रन खर्चेका सन्दिपको स्पेल महँगो र विकेट विहिन हुने दिशामा थियो। तर सन्दिपले पाँचौ बलमा खतरनाक ब्याट्सम्यान बान्टनलाई गुगलीमा एलबिडब्लु धरापमा पारे। २८ बलमा बान्टनले ६ चक्का र ९ चौका प्रहार गरिसकेका थिए। लगत्तै बलमा नयाँ ब्याट्सम्यान कोहलर काडमोरलाई सन्दिपले बोल्ड गरे। सन्दिपको गुगली शरीरमा लाग्दै स्टम्पमा गएर लागेको थियो।

२ ओभरमा सन्दिपले ३० रन खर्चेर २ विकेट लिंदै स्पेल पुरा गरे।

टि-१० लिग अन्तर्गत सन्दिपले हालसम्म खेलेको ५ खेलमा ६ विकेट लिईसकेका छन्। यस क्रममा उनले पहिलो खेलमा दिल्ली बुल्स बिरुद्ध १९ रन खर्चेर १ विकेट, बाङ्ग्ला टाइगर्स बिरुद्ध ९ रन खर्चेर २ विकेट, डेक्कन ग्ल्याडीएटर्स बिरुद्ध ३५ रन खर्च गर्दा विकेटविहिन तथा मराठा अरबीयन्स बिरुद्ध २५ रन खर्चेर १ विकेट लिएका थिए।

प्रतियोगिता अन्तर्गत अर्का नेपाली खेलाडी पारस खड्का आबद्ध टिम आबु धाबीले आगामी खेल शुक्रबार सन्दिपको टिम कर्नाटका बिरुद्ध खेल्नेछ। आबु धाबीले पारस खड्कालाई पहिलो २ खेलमा मौका दिएपछि त्यसपछि लगातार ३ खेलमा बेञ्चमा राखेको छ। चौथो खेलमा पारसले मौका पाए सन्दिप लामिछाने भर्सेस पारस खड्काको खेल हेर्ने नेपाल फ्यानको चाहना पुरा हुनेछ।





थप समाचार

पूर्व कप्तान मल्लको उपस्थितिमा द वन्डल्याण्ड दशैं फेस्टिवल भव्य रूपमा सम्पन्न

ललितपुर बुंगमतिमा स्थित ‘द वन्डरल्याण्ड’ The Wonderland मनोरञ्जन पार्कमा दुई दिने दशैं फेस्टिवल भव्य रुपमा सम्पन्न भएको छ। असोज १८ […]

NPL : शक्ति गौचन लुम्बिनी लायन्सको कन्सल्टेन्ट प्रशिक्षक

राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य शक्ति गौचनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को सहभागी टोली लुम्बिनी लायन्सले कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको […]

अस्ट्रेलिया र इंग्ल्यान्ड विजयी सुरुवात

युएईमा जारी महिला टि ट्वान्टी विश्वकपको साबिक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । अस्ट्रेलियाले शनिवारको पहिलो खेलमा श्रीलंकालाई पराजित […]

दोश्रो अभ्यास खेलमा नेपाल विजयी

क्यानाडामा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले दोश्रो एकदिवसीय अभ्यास खेलमा क्यानडा हाई परफरमेन्स टिमलाई २० रनले पराजित गरेको छ। पहिलो […]

भारतमाथि न्युजिल्यान्डको फराकिलो जित

युएईमा जारी रहेको महिला टि२० विश्वकपमा न्युजिल्यान्डले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । दुबईमा शुक्रवार भएको दिनको दोस्रो खेलमा […]

ब्याटिङ कोल्याप्स हुदा नेपाल पराजित

ब्याटिङमा फेरी चुक्दा नेपाल क्यानडामा फेरी पनि पराजित भएको छ । नेपाल क्यानडामा भएको ५० ओभरको अभ्यास खेलमा क्यानडा हाईप्रफमेन्ससँग […]