टी-२० विश्वकप : नामिबिया र स्कटल्यान्ड खेल्दै

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकपमा शुक्रबार बिहान स्कटल्यान्ड र नामिबियाबीच खेल हुदैछ ।

नवौं संस्करणको विश्वकपको बाह्रौं खेलमा समूह बी मा रहेका स्कटल्यान्ड र नामिबियाबीच खेल नेपाली समय अनुसार शुक्रबार बिहान पौने एक मा वेस्ट इन्डिजको बारबाडोसमा हुदैछ ।

यता, छैठौं पटक विश्वकप खेल्दै गरेको स्कटल्यान्ड युरोप महादेशको क्षेत्रिय छनोटको बिजेता बन्दै विश्वकपमा छानिएको हो । पहिलो खेलमा स्कटल्यान्डले इंग्ल्यान्डसँग  वर्षाका कारण खेल रोकिएपछि अंक बाडेको थियो ।

यता, लगातार तेस्रो संस्करणमा सहभागीता जनाउँदै गरेको नामिबियाले पहिलो खेलमा ओमानलाई सुपर ओभरमा पराजित गरेको थियो ।

नवौं संस्करणको विश्वकपमा पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह बी मा नामिबिया र स्कटल्यान्डका अलावा इंग्ल्यान्ड, ओमान, अस्ट्रेलिया तथा समूह ए मा क्यानडा, अमेरिका, भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन् ।

समूह सी मा पीएनजी, वेस्ट इन्डिजका, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा तथा समूह डी मा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । सुपर आठका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।

सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]