काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी नवौं संस्करणको टी-२० विश्वकप क्रिकेटमा आज (बिहीबार) पाकिस्तान र अमेरिका खेल्दै छन् ।
विश्वकपको एघारौं खेलमा समूह ए मा रहेका पाकिस्तान र अमेरिकाबीच नेपाली समय अनुसार बिहीबार सवा नौमा अमेरिकाको डालसमा खेल्दैछन् ।
पाकिस्तान अघिल्लो संस्करणको विश्वकपको शीर्ष आठमा रहदै छनोट भएको हो । भने, अमेरिका आयोजकका रुपमा विश्वकपका लागि छनोट भएको हो । पाकिस्तान यस संस्करणको पहिलो खेल खेल्दैछ भने अमेरिकाले पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो ।
नवौं संस्करणको यस विश्वकपमा पहिलो पहिलो पटक २० राष्ट्रको सहभागीता रहेको छ । सहभागी २० राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ए मा पाकिस्तान र अमेरिकाका अलावा क्यानडा, भारत, आयरल्यान्ड तथा समूह बी मा अस्ट्रेलिया, इंग्ल्यान्ड, स्कटल्यान्ड, नामिबिया र ओमान छन् ।
समूह सी मा वेस्ट इन्डिज, न्युजिल्यान्ड, अफगानिस्तान, युगान्डा र पपुवा न्यु गिनी तथा समूह डीमा नेपाल, नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश छन् ।
हरेक समूहका शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउने छन् । सुपर आठमा पनि दुई समूह हुनेछ । यसका हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् । सेमिफाइनलका विजेता टोलीले फाइनलमा स्थान बनाउँदा फाइनलमा विजयी बन्ने टोलीले यस संस्करणको उपाधी जित्नेछ ।
विश्वकपको दोस्रो खेलमा नेपालले श्रीलंकासँग १२ जुन अर्थात ३० जेठ बुधबारको दिन लाउडेरहिलमा खेल्नेछ ।